मालिकाको गाउँसभाबाट बजेट संसोधन

Gandaki Ghumau

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को लागि थप करिब रु. पाँच करोड बजेट बाँडफाँट गरेको छ ।

गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार सम्पन्न १८ औ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको रु. चार करोड ८५ लाख ७५ मौजुदा बजेट विभिन्न योजना तथा कार्यक्रमहरुलाई बिनियोजन गर्दै चालु आर्थिक वर्षको बजेट संसोधन गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले चालु आर्थिक वर्षको कुल बजेट रु. ४६ करोड दुई लाख तीन हजारबाट बढाएर रु. ५० करोड ८५ लाख ९८ हजार कायम गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको कार्यपालिकाका प्रवत्ता अनुप गौचनले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न सभाले सबैभन्दा बढी गाउँपालिका, वडा नं. १ र ७ को कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्न रु. दुई करोड बिनियोजन गरेको छ ।

दायित्व सिर्जना भएको अधिभारा ताक्से मोटरबाटो स्तरोन्नति योजनालाई पूर्णता दिन रु. एक करोड ३० लाख, डाडाँगाउँ स्वास्थ्य चौकी भवनलाई पूर्णता दिन रु. ५७ लाख ५० हजार र दरवाङ निस्कोट सडक स्तरोन्नतिको बाँकी काम पुरा गर्न लाग्ने रु. २८ लाख बिनियोजन भएको छ । अध्यक्ष गर्बुजाले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम कार्यान्वयनलाई तिब्रता दिन जनप्रतिनिधी र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...