म्याग्दी क्याम्पसको साइबर सुरक्षा सम्बन्धी सचेतना

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । विश्वविद्यालय अनुदान आयोगबाट म्याग्दी बहुमुखी क्याम्पसले पहिलो पटक गुणस्तरको मान्यता प्राप्त गरेको दिनलाई क्याम्पस गुणस्तर दिवसको रुपमा मनाएको छ ।

वि.स. २०७६ पुष २८ गते म्याग्दी बहुमुखी क्याम्पसले पहिलो पटक क्युएएको मान्यता प्राप्त गरेको थियो । यस बर्षको गुणस्तर दिवसमा म्याग्दी जिल्लाका विभिन्न गाँउपालिकाहरु र पर्वत जिल्लाको जलजला गाँउपलिकामा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्याशाला सम्पन्न गरी गुणस्तर दिवस मनाएको सहायक क्याम्पस प्रमुख नारायण सुवेदीले बताउनुभयो ।

साइबर सेक्युरिटीको परिचय, सामाजिक सञ्जाल, बैंक एकाउण्टको सुरक्षा, साइबर सुरक्षाका लागि सचेतनाको आवश्यकता, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग लगायतका विषयमा कार्यशालामा सचेतना प्रदान गरिएको थियो । म्याग्दीको मालिका, मंगला, अन्नपूर्ण र पर्वत जिल्लाको जलजला गाँउपालिकाभित्र ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरु कार्यशालामा सहभागी भएका थिए ।

Shreekrishna

म्याग्दी बहुमुखी क्याम्पसको आयोजना, आइसीटी क्लव म्याग्दी बहुमुखी क्याम्पसको संयोजन र सम्बन्धीत गाँउपालिकहरुको सहयोगमा कार्यशाला सम्पन्न भएको हो । अन्नपुर्ण गाँउपालिकाकाको सर्वोदय मा.वी.को सभाहलमा सम्पन्न कार्यक्रमको उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनको प्रमुख आतिथ्यता, सर्वोदय मा. वि.का सहायक प्र.अ. भक्तवहादुर वरुवाल विशेष आतिथ्यतता र सहायक क्याम्पस प्रमुख श्री नाारायण प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ज्ञानप्रकाश, प्रभा र सर्वोदय माध्यामिक विद्यालयहरुका ४५ भन्दा वढी शिक्षक एवं विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त कार्याशालालाई आइसिटी क्लव म्याग्दी बहुमुखी क्याम्पसका सदस्यहरु विवेक सापकोटा, दिक्षा पुन, सन्ध्या पौडेल र अंकिता रञ्तिजाले सहजिकरण गर्नु भएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जलजला गाँउपालिकाकाको विद्याज्योती मा.वी.को सभाहलमा सम्पन्न कार्यक्रमको जलजला गाँउपालिकाका सूचना प्रविधि अधिकृत सुदिप पौडेलको प्रमुख आतिथ्यता, विद्याज्योति मा.वि.का सहायक प्र.अ. जिवन कार्कीको विशेष आतिथ्यतामा रहेको थियो । क्याम्पसका शिक्षा विभागका विभागीय प्रमुख प्रेम जि.सी.को अध्यक्षतामा जलजला गाँउापालिका भित्रका, विद्याज्योति, ज्योतिमण्डल र अमृत प्याराडाइज माध्यामिक विद्यालयका गरी ६० भन्दा वढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

उक्त कार्याशालालाई आइसीटि क्लव म्याग्दी बहुमुखी क्याम्पसका सदस्य श्री परिप्सा जि.सी. हिमाल उपाध्याय, सिद्धिका वानियाँ, अस्मिता आर्चाय र सृष्टि श्रेष्ठले सहजिकरण गर्नु भएको थियो । मालिका गाँउापालिकाका अध्यक्ष वेगप्रसाद गर्वुजाको प्रमुख आतिथ्यता, जनप्रीय मा.वी.का प्र.अ. दिवाकर सुवेदीको विशेष आतिथ्यतता र सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालको अध्यक्षतामा मालिका गाँउापालिकाका जनप्रीय, किसानी, राष्ट्रिय माध्यामिक विद्यालयका गरी ७० जना भन्दा वढी विद्यार्थी एवमं शिक्षकहरुको सहभागीता रहेको थियो ।

उक्त कार्याशालालाई आइसिटी क्लव म्याग्दी बहुमुखी क्याम्पसका सदस्यहरु सन्देस आचार्य, एलिशा पुन, दिपा पौडेल, मेनुका पुन र विष्णु शेरपुञ्जाले सहजिकरण गर्नु भएको थियो । मंगला गाँउापालिकाको वडा नं. १ का अध्यक्ष एकजित रोका प्रमुख आतिथ्यता, मंगला मा.वि.का शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र आचार्यको विशेष आतिथ्यता र सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरेको अध्यक्षतामा त्यस पालिका भित्रका, मंगला र महेन्द्ररत्न माध्यामिक विद्यालयका गरी ६० जना भन्दा वढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

उक्त कार्याशालालाई आइसिटी क्लव म्याग्दी बहुमुखी क्याम्पसका सदस्य अभिजित शाही, शेरवहादुर सुनार, प्रमिला पौडेल, दिपा भन्डारीले सहजिकरण गर्नु भएको थियो । कार्याशालामा प्रमुख अतिथि लगाएतका वक्ताहरुले यस क्षेत्रमा म्याग्दी क्याम्पसले स्नातकोत्तर तहसम्म कक्षा सञ्चालन गरी गुणस्तरीय उच्च शिक्षाको पहुँच वृद्धिमा सहयोग गर्नुका अतिरिक्त सूचना प्रविधि विषय समेत सञ्चालन गरी प्राविधिक शिक्षामा समेत पहुँच पुर्याएको अवगत गराउँदै हरेक नागरिकले आफ्ना निजि तथ्यांकहरु सुरक्षीत राख्नुपर्ने, सामाजिक सञ्जाल प्रयोग गर्दा साबधानी अपनाउनु पर्ने लगायतका विषयहरुमा जोड दिनु भएको थियो ।

मालिका गाँउपालिकाका अध्यक्ष गर्वुजाले म्याग्दी बहुमुखी क्याम्पस र मालिका गाँउापालिकाले सहकार्यात्मक अनुसन्धान गरी यस क्षेत्रका समस्या समाधानमा सहयोग पुग्ने गरी सहमतिका साथ कार्य गरीरहेको समेत जानकारी गराउनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...