म्याग्दीमा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामै पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरेको छ ।

मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सिमा पुनलाई सोमबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले नागरिकता प्रदान गर्नुभएको हो ।

नागरिकता ऐन, २०६३ को दोस्रो संसोधन तथा नियमावलीको चौथो संसोधन बमोजिम पुनलाई ४६ वर्षीया आमा लिलसरा पुनको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

Shreekrishna

नेपाल नागरिकता (चौथो संसोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । नागरिकता प्राप्त गरेपछि सिमाले आफ्ना रोकिएका कामहरु अघि बढ्ने बताउदै खुसी व्यक्त गर्नुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

लिलसराले छोरीलाई नागरिकता दिलाएर आफ्नो महत्वपूर्ण जिम्मेवारी पुरा गर्न पाएकोमा गर्व महशुस गर्नुभयो । बुवाको पहिचान नखुलेका कारणले सिमा नागरिकता प्राप्त गर्नबाट बञ्चित हुनुभएको थियो ।

नागरिकता अभावमा शैक्षिक योग्यता हाँसिल भएपनि जागिरका लागि प्रतिस्पर्धा गर्न, आर्थिक करोबारका लागि बैंकमा खाता खोल्न देखि ब्यापार ब्यवसाय गर्न नसकेर समस्यामा पर्नुभएको थियो ।

प्रजिअ आचार्यले संविधान तथा प्रचलित कानुन अनुसार नागरिकको हकअधिकार सुनिश्चित गरेको बताउनुभयो । बुवाको पहिचान नभएकाहरुका लागि आमाको नामबाट नागरिकता प्राप्त गर्न पुरा गर्नुपर्ने प्रक्रीयाका विषयमा स्थानीय तह र वडा कार्यालय मार्फत प्रचारप्रसार गरिएको उहाँले बताउनुभयो ।

थप तीन जनाले आमाको नामबाट नागरिकता लिन प्रशासनमा निवेदन दिएका छन् । उनिहरुले पेश गरेको निवेदन प्रक्रियामा रहेको प्रशासनले जनाएको छ । उनिहरु तीनै जना किशोरी÷युवतिहरु हुन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...