म्याग्दीमा एमालेले राजनीतिक गतिबिधी बढायो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेकपा एमाले म्याग्दीले फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गरेर राजनीतिक गतिबिधीलाई तिब्रता दिएको छ ।

पालिका स्तरीय बैठक सकेर शनिबारदेखि एमालेले वडा स्तरमा बैठक सुरु गरेको छ । मनोनयन दर्ता अघि सबै वडामा बैठक राखेर संगठन मजबुद बनाउने, स्थानीय नेता कार्यकर्ताका गुनासा, सुझाव, अपेक्षा बुझ्न नेताहरु परिचालन भएका हुन् ।

शनिबार रघुगंगा गाउँपालिका–३ पिप्ले, मंगला गाउँपालिका ३ बरंजा, १ कुहुँ, मालिका गाउँपालिका २ रुम र ७ बिममा वडा कमिटिको बैठक सम्पन्न गरेको एमाले म्याग्दीले जनाएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

एमालेबाट आसन्न चुनावका लागि केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, युवा नेता प्रकाश पौडेल, मजदुर नेता बालादेवी राई र महिला नेता पशुपति शाहीको नाम उमेद्वारका लागि सिफारिस भएको छ । पालिका स्तरमा निर्वाचन परिचालन समिति बनाएको छ ।

जेनजी आन्दोलन अघि नेपाली काँग्रेससँग मिलेर सरकार सञ्चालन गरेको एमालेले पार्टीले गरेका काम, जेनजी आन्दोलन, त्यसपछिको अवस्थाका विषयमा आफ्ना धारणाहरु कार्यकर्ता मार्फत टोल स्तरका जनतासम्म पु¥याउन जोड दिएको छ ।

तत्कालीन प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रियताको विषयमा लिएको अडानका कारण विदेशी शक्तिले षडयन्त्र गरेर जेनजी आन्दोलनमा घुसपेठ गरेर विध्वंश मच्चाएको बताउदै आएका एमालेका नेताहरुले जेनजीको माग र आवश्यकता अनुसार पार्टीलाई नयाँ दंगले अघि बढाउन लागिएको बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...