सैनिक आवासीय बुटवलको प्रथम अभिभावक दिवस सम्पन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बुटवल, सैनिक कल्याणकारी कोषमार्फत स्थापना भएको सैनिक आवासीय महाविद्यालय बुटवलको प्रथम अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

मध्यपश्चिम पृतना हेक्वा पृतनापति उपरथि हिम्मत बहादुर बिष्टले एक कार्यक्रममा बिच उद्घाटन गर्दै विद्यालयको पूर्वाधार निमार्ण निक्कै छोटोसमय सम्पन्न भएको बताए । देशका सबै प्रदेशमा स्थापना भई ६० प्रतिशत नेपाली सेनाका सन्तती र ४० प्रतिशत गैरसैनिक नागरिकका सन्ततीलाई शिक्षा दिने लक्ष्य अनुसार काम गर्दै आएको उनले बताए । असल नागरिक बनाउने गरि अनुसासन र अभिप्रेरणाका कार्यक्रमलाई जोड्दै आएको उनले बताए । विद्यालय ब्यवस्थापन समिति अध्यक्षताको हैसियतबाट अभिभावकत्व ग्रहण गर्न पाउदा धेरै खुशी लागेको उनले बताए । यसैबिच महाविद्यालयको वार्षिक मुखपत्र ‘स्वप्न लुम्बिनी’ दोस्रो अंक समेत बिमोचन गरिएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दोलराज भण्डारीले वार्षिक प्रगति विवरण पेश गर्दै अध्ययनका लागि काठमाडौं जानुपर्ने बाध्यता हटाउन आफुहरु सफल भएको बताए । सैनिक आवासीय महाविद्यालय अनुशासन, नेतृत्व र राष्ट्रिय मूल्यमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित एक आवासीय शैक्षिक संस्था भएको भन्दै उनले सबैभन्दा कान्छा महाविधालयहरूमध्ये एक भए पनि यसले छोटो समयमै शैक्षिक उत्कृष्टताको पहिचान बनाइसकेको दाबी गरे । शैक्षिक गतिविधिसँगै खेलकुद, शारीरिक तालिम तथा अतिरिक्त क्रियाकलापमा समान जोड दिई विद्यार्थीहरूको बौद्धिक, शारीरिक र चारित्रिक विकासमा विशेष ध्यान दिदै आएको उनले बताए ।

Shreekrishna

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले शैक्षिक गतिविधिमा बुटवलको गरिमा बढाउने गरि महाविद्यालय स्थापनाबाट आयाम थपिएको बताए । बुटवल उपमहानगरपालिकाको मापदण्डमा रहेर संचालन भएर महत्वपूर्ण योगदान दिन सफल भएको उनले बताए । बुटवलको शैक्षिक क्षेत्रमा देशभरका धेरै जिल्लाबाट अध्ययन गर्ने विधार्थीहरु रहेको बताउदै उनले यहाका सामुदायिक र नीजि विधालयहरुले छात्रवृत्ति प्रदान समेत गरेको बताए । बुटवल सामरिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र भएको भन्दै अब यसको गरिमालाई जोडेर पर्यटन विकाससंग जोड्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका निमित्त ब्यवस्थापक अधिकृत सेनानी नरेश अर्यालले सैनिक कल्याणकारी कोषमार्फत सैनिक महाविद्यालय स्थापना सैनिक परिवार तथा सर्वसाधारण नागरिकका छोराछारीहरुलाई सहुलियत पूर्ण दरमा उच्चस्तरीय र गुणस्तरीय संस्कारयुक्त शिक्षा प्रदान गर्ने तथा सानैबाट राष्ट्रप्रेम, जिम्मेवार नागरिक उत्पादन गर्ने मुल लक्ष्यसहित स्थापना भएको उनले बताए । शिक्षाको केन्द्र मानिने रुपन्देहीको जनघनत्वका रहेको बुटवलमा महाविद्यालय स्थापना गरि धेरै कठिनाई पार गर्दै संरचना स्थापना गर्न सफल भएको उनले बताए । कार्यक्रममा विधार्थीहरुले विज्ञान प्रदर्शनी, सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...