१२ बुदे म्याग्दी ‘एआई’ घोषणापत्र जारी

Gandaki Ghumau

बेनी ः ‘एआई’ कृतिम वृद्धिमताको दुरुपयोग हुन नदिने प्रतिवद्धता सहित बुधबार बेनीमा १२ बुदे म्याग्दी ‘एआई) घोषणापत्र जारी गरिएको छ ।

गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालय र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म बेनीमा सञ्चालन भएको ‘एआई’ र मोवाइल पत्रकारिता सम्बन्धी तालिममा सहभागि पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका ‘कन्टेन क्रियटर’ (विद्युतीय सञ्चार सामग्री सिर्जनाकर्ता)हरुले घोषणापत्र जारी गरेका हुन् ।

घोषणापत्रमा समाजमा भ्रम फैलाउने, सद्भाव खलबलाउने, अश्लिलता जस्ता कुनै पनि काममा एआईको दुरुपयोग नगर्ने, एआईको सहयोगमा सिर्जना गरिएका सामग्रीमा स्रोत उल्लेख गर्ने, एआईको प्रयोग गर्दा अन्तिम निर्णयकर्ता मानव जनशक्तिनै हुनुपर्नेमा दृढता र एआईलाई पत्रकारिताको विकल्प नभएर सहयोगीका रुपमा ग्रहण गर्ने उल्लेख छ ।

Shreekrishna

सूचना, प्रविधिको प्रयोगबाट दैनिक जिवनयापन र क्रियाकलापलाई सहज बनाएपनि मौलिकता र सिर्जनसिलताको संरक्षण गर्दै समाजमा भ्रम र दन्द्ध फैलिन नदिनतर्फ संवेदनशिल रहनुपर्ने भएकाले एआईको दुरुपयोगबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आवश्यक रहेको सन्देश सहित घोषणापत्र जारी गरिएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

राष्ट्रिय एआई नीतिलाई आधार मानेर एआई प्रयोग सम्बन्धी कार्यबिधी तथा पत्रकारहरुका लागि एआई आचार संहिता जारी गर्न सरकारसँग माग गरिएको छ । पत्रकारिता बाहेक शिक्षा, स्वास्थ्य, कृषि, ब्यापार, ब्यवसाय, पर्यटन प्रर्वद्धन लगायत सबै क्षेत्रमा एआईको सही र जिम्मेवार प्रयोगका लागि अनुरोध गर्दै पैरवीकर्ता तथा सहजकर्ताको भूमिका खेल्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

एआईको प्रयोगलाई व्यवस्थित गर्न स्थानीय सरकार, सरकारी निकाय, सामाजिक तथा निजी संघ संस्थालगायत सबै सरोकारवालाहरुलाई एआई साक्ष्राता, सचेतना, सिप र शिक्षा फैलाउन ध्यानाकर्षण गराइएको छ ।

करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा एआईको व्यवस्थित, सुरक्षित र सदुपयोग तथा दुरुपयोगका विषयमा नेपाल टेलिभिजन पत्रकार संघका अध्यक्ष जिवन भण्डारीले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रबिधिलाई आत्मसात गर्दै सिर्जनशिलता र मौलिकताको संरक्षण गर्दै भ्रमपूर्ण सूचनाका कारण समाजमा हुने असर न्युनीकरणमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले एआईलाई साथी र सहयोगीको रुपमा उपभोग गर्दा सञ्चारकर्मीहरुलाई कार्यसम्पादनमा सहज हुने भएकाले क्षमता तथा सिप विकासमा जोड दिएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...