रत्नेचौर–भकुण्डे सडक योजनाको भत्किएको सडक सुधार र बाँकी काम गुणस्तरीय बनाउने प्रतिवद्धता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः कालोपत्र भएको एक महिनामै भत्किन थालेको म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक सुधार र बाँकी काम गुणस्तरीय बनाउन सम्बद्ध कार्यालय र निर्माण ब्यवसायीले प्रवितद्धता जनाएका छन् ।

सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे जोड्ने सडक निर्माणका क्रममा उठेको गुणस्तरको विषयमा आइतबार बेनीमा सरोकारवालाहरुबीच छलफल भएको थियो ।

जिल्ला समन्वय समितिको आयोजनामा भएको बैठकले सडक डिभिजन कार्यालय बागलुङले निर्माण कार्यको गुणस्तर सुनिश्तित गर्ने जिम्मेवारी बोध गर्दै हालसम्म भएका कामको अनुगमन गरी सुधार गर्नेपर्ने देखिए सुधार गर्ने र अब हुने निर्माण कार्य समेत गुणस्तरीय बनाउने प्रबन्ध मिलाउने निर्णय भएको जिससका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।

Shreekrishna

खत्रीको अध्यक्षतामा बसेको बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर हरि सुवेदी लगायत प्राविधिक, बेनी नगरपालिका–१ का अध्यक्ष टेकबहादुर थापा, २ का अध्यक्ष यामबहादुर कार्की लगायत जनप्रतिनिधी, निर्माण कम्पनीका प्रतिनिधि अरुण सेढाई, अनुगमन समिति र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेर भत्किन थालेको र खाल्डै खाल्डा बनेको विषयमा बेनी नगरपालिकाले पुष ४ गते भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा प्रश्न उठ्नुका साथै पौष ९ गते जनप्रतिनिधी र स्थानीयबासीहरुको टोलीले सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका थिए ।

बेनपा–२ का वडा अध्यक्ष कार्कीले बेसको धुलोका कारण बिटुमिन जम्न नपाउदाँ दुई चरणमा गरिएको कालोपत्र भत्किन थालेको बताउनुभयो । उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको चार किलोमिटर पाँच सय मिटर दुरीको सडकमा हालै दोस्रो चरणको कालोपत्र सकिएको थियो । बिमिराबोट–भकुण्डे–तमाने खण्डको चार किलोमिटर दुरी सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ ।

नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाईका दरले डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ । उक्त योजना निर्माण गर्न वि.स. २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु. २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाको ठेक्का अवधी भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ ।

सडक डिभिजनका अनुसार करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख सुवेदीले ठेक्का र मर्मत अवधीभर सडकलाई तोकिएको गुणस्तर तथा मापदण्ड अनुसारको बनाइने प्रतिवद्धता जनाउनुभयो ।
“चिसोका कारण जमेको बिटुमिन गर्मी र सवारी साधनको चाप बढेपछि पग्लीएर चिप्स र जमिनलाई समात्ने विश्वास लिएका छौ,” उहाँले भन्नुभयो “गर्मी याममा पनि चिप्स समात्न नसकेर भत्किने अवस्था भेटिएछ भने तोकिएको गुणस्तर अनुसारको बनाउन लगाएर मात्र हस्तान्तरण गर्न लगाउछौ ।”

निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाईले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा बिछ्याएको बिटुमीन चिसोले जमेर चिप्स निस्कीएपनि गर्मी बढेपछि बिटुमीन पग्लीएर चिप्स समात्ने बताउदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्ड अनुसारको बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...