बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

ताराखेत, म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालीकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् ।

ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् ।

तिहार पर्वमा देउसीभैलो खेलेर जुटाएको रु. ३५ हजार सहित रु. ७० हजारको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताउनुभयो ।

Shreekrishna

“देउसीभैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौ,” उहाँले भन्नुभयो “स्थानीय अगुवा र अभिभावकहरुले पनि साथ दिएपछि ताराखेतलाई सुरक्षित बनाउनका लागि सडकबत्ती बाल्ने हाम्रो योजना सफल भएको हो ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सडकबत्तीका कारण रातको समयमा उज्यालो भएपछि दुर्घटना, चोरी, चितुवा लगायत बन्यजन्तुको गतिबिधी नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीयबासीलाई हिडडुल गर्न सहज भएको छ । सुरक्षित महशुस गर्न थालेका छन् ।

सडक बत्ती उपभोक्ता समितिका अध्यक्ष गोकर्ण पौडेलले उपभोक्ताहरुबाट थप रु. ३५ हजार जुटाएर योजना सम्पन्न गरिएको जानकारी दिदै मासिक रुपमा रकम संकलन गरेर सडकबत्तीको महशुल तिर्ने बताउनुभयो ।

सडकबत्तीको ताराखेतका बासिन्दा ९६ वर्षीया सन्तकुमारी भट्टचनले शनिबार उद्घाटन गर्नुभयो । स्थानीय बिनोद भट्टचनले ताराखेतका युवायुवती र बालबालिकाले सानो तर रचनात्मक तथा सन्देशमुलक काम गरेका बताउनुभयो ।

अर्को चरणमा फोहोर ब्यवस्थापन र सरसफाईका लागि ताराखेतको सार्वजनिक स्थानमा डस्टबिन राख्ने तथा सिसिटिभी क्यामेरा जडान गर्ने योजना रहेको स्थानीय छमलाल पौडेलले बताउनुभयो । धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा पर्ने ताराखेतमा १७ घरपरिवारको बसोबास छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...