न्यु धौलागिरिको सञ्चालक समितिको अध्यक्षमा पुनः अमृतलाल

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ साधारणसभा तथा आठौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।

पुष ११ गतेदेखि सेवा केन्द्र एकाईगत साधारणसभा गरेको संस्थाको इकाई प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा सहित अधिवेशनबाट आगामी चार वर्षका लागि सञ्चालक समितिको नेतृत्व चयन गरेको हो । सहकारीको सञ्चालक समितिको अध्यक्षमा पुनः अमृतलाल श्रेष्ठ चयन हुनुभएको छ । श्रेष्ठ अघिल्लो कार्यकालमा पनि उक्त सहकारीको नेतृत्वमा हुनुहुन्थ्यो ।

उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा चन्द्रकुमार केसी, कोषाध्यक्षमा बमबहादुर पुन, अनुशा गौचन, हेमन्त थापा, तुलप्रसाद श्रेष्ठ, भिमबिक्रम मल्ल र अमित बानिया चयन हुनुभएको छ । मुनामा मदन मल्ल, पोखरेबगर संयोजकमा ठगराज बरुवाल, बाबियाचौरमा देवीकुमारी खत्री, दरवाङमा मुक्ति पुन, मल्लाजमा हेमन्त थापा, बेनीमा बिपिन चोखाल, तातोपानीमा तुलप्रसाद श्रेष्ठ सेवा केन्द्र संयोजक चयन हुनुभएको छ ।

Shreekrishna

बिरेन्द्रमान शाक्यको संयोजकत्वमा गठन भएको लेखा सुपरिवेक्षण समितिको सदस्यमा खड्ग गिरी र अनिता केसी खड्का रहनुभएको छ । लिलाबहादुर बानिया निवर्तमान अध्यक्ष रहनुभएको छ । वि.स. २०५६ मा स्थापना भएको न्यू धौलागिरि सहकारी संस्थाले बेनीको मुख्य कार्यालय सहित जलजलाको मल्लाज, अन्नपूर्णको पोखरबेगर, धवलागिरीको मुना फलियागाँउ, मालिकाको दरवाङ, बेनी नगरपालिका ४ सिंगा तातोपानी र मंगलाको बाबियाचौरमा सेवा केन्द्र सञ्चालन गरेर बचत र कर्जाको सुविधा दिदै आएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

रु. आठ करोड ८० लाख ८९ हजार एक सय सेयर पुजिँ रहेको सहकारीले गत आर्थिक वर्ष २०८१÷०८२ मा रु. ५३ करोड १४ लाख ७८ हजार चार सय ७९ निक्षेप संकलन र रु. ५२ करोड १२ लाख ९१ हजार आठ सय ७३ कर्जा लगानी गरेको छ ।

रु. नौ करोड ६८ लाख ९७ हजार दुई सय १४ कुल आम्दानी र रु. सात करोड ७७ लाख तीन हजार तीन सय ५४ कुल खर्च गरेको सहकारीले रु. एक करोड ९१ लाख ६६ हजार आठ सय ५९ मुनाफा गरेको कोषाध्यक्ष बमबहादुर पुनले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले साधारणसभाको उद्घाटन गर्दै सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहजिकरण गरिरहेको बताउनुभयो । समस्या देखिएका सहकारीका बचतकर्ताले बचत फिर्ता पाउने वातावरण बनाउन सहजिकरणमा गरिरहेको उहाँको भनाई थियो ।

सहकारी रजिष्ट्रार कार्यालयका कर्मचारी चोलाकान्त वाग्लेले सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । सञ्चालक, कर्मचारी, सेयर सदस्यहरु जिम्मेवार भएर नीति नियम अनुसार सञ्चालन गरेमा सहकारीमा समस्या नआउने उहाँले बताउनुभयो ।

सहकारीका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षता र सचिव चन्द्रकुमार केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामजीप्रसाद सुवेदीले स्वागत गर्नुभएको थियो । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत सोमबहादुर खत्रीलाई रु. १५ हजार पाँच सय छात्रवृत्ति सहयोग गरेको सहकारीले मानव सेवा आश्रम बाग्लुङलाई रु. २५ हजार पाँच सय ५५, म्याग्दी महोत्सवलाई रु. १० हजार, दरवाङकी पार्वती कामीलाई अध्ययनका लागि रु. १२ हजार र साविक तातोपानी कृषि सहकारी संस्थाले प्रर्वद्धन गरेको लेतेखोलाको कृषि सहकारी भवन मर्मतमा रु. ६० हजार खर्च गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...