भूतपूर्व सैनिक सहकारीको २० औँ बार्षिक साधारणसभा

Gandaki Ghumau

बेनी । बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको २० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा समेत प्रदान गरिएको छ ।

कार्यक्रममा नेफस्कुनका कार्यक्रम अधिकृत मनोज खड्का र सहकारीका पूर्व अध्यक्ष बालकृष्ण सुवेदीले सहजीकरण गर्नुभएको थियो । सहकारीले आर्थिक बर्ष २०८१÷०८२ मा रु दुई करोड ६४ लाख १७ हजार १६ आम्दानी गरेकोमा रु दुई करोड ५९ लाख ६१ हजार १५ सञ्चालन खर्च भएर रु चार लाख ४८ हजार ६६५ नाफा गरेको जनाएको छ ।

रु. चार करोड २५ लाख ९१ हजार ६ सय शेयर पुँजि रहेको यस सहकारीमा रु १८ करोड ६७ लाख बचत संकलन र १५ करोड ८३ लाख ७७ हजार ४ ऋण लगानी भएको छ । साधारणसभाको उद्घाटन गर्दै पूर्व अध्यक्ष बालकृष्ण सुवेदीले सहकारीको सिद्धान्त र मार्गदर्शनलाई आत्मसाथ गर्दै अगाडी बढेर उत्पादन र उद्यमशिल क्षेत्रमा लगानी गर्न सकेमा सहकारी संस्था सबल हुने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

उहाँले भूतपूर्व सैनिक सहकारीले गरेका लगानी सहकारीको मार्गदर्शन र अनुशासन बाहिर नभएकाले शेयर सदस्यहरुले समेत बचत संगै उद्यमशिल बन्न ऋण लिएर आर्थिक कारोवारमा जोडिनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्थाहरु राज्यका निकायका साथै शेयर सदस्यले समेत नियमन गर्नुपर्ने र सञ्चालकले कुसल तवरले सञ्चालन गर्नुपर्ने आबश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा प्रोबेशन कार्यदलको तर्फबाट मोहन बानियाँ, शेयर सदस्य दुर्गा भण्डारी, गजिन्द्र श्रेष्ठ, सल्लाहकार लेखबहादुर हमाल लगायतले मन्तव्य राख्नुभएको थियो । साधारणसभाको अवसरमा ज्येष्ठ शेयर सदस्यहरुमध्ये स्वस्तिका देवि शर्मा र बलबहादुर विकलाई जेष्ठ सदस्य सम्मान गरिएको छ । उत्कृष्ट कारोबारतर्फ खड्कबहादुर खत्री, माया पाण्डे, टेकबहादुर भण्डारीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा भगवती शर्मा तथा एसइईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीमध्ये शक्तिः सुवेदी र दृष्टि शर्मालाई समेत पुरस्कृत गरिएको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठद्धारा आर्थिक बर्ष २०८१÷०८२ को प्रतिवेदन, सचिब कल्पना रेग्मी पाध्याद्धारा प्रगति प्रतिवेदन, कोषाध्यक्ष दलबहादुर भण्डारीद्धारा आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक रेशमबहादुर छन्त्यालद्धारा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष हिराप्रसाद श्रेष्ठको स्वागत र काशिराम पाध्याको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको सहकारीका व्यवस्थापक नारायण सुवेदीले जानकारी दिनुभयो । नेफस्कुनद्धारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास (प्रोबेशन) मा समेत आबद्ध भएको यस सहकारीले बेनी बजारमा मुख्य कार्यालय र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटबाट सेवा केन्द्र सञ्चालन गरेर बचत संकलन तथा ऋण लगानीको आर्थिक कारोवार गर्दै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...