बेनीमा भलिबल कर्भडहल निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान शुरु

Gandaki Ghumau

बेनी, जिल्ला सदरमुकाम बेनीमा सुविधायुक्त र आधुनिक भलिबल कर्भडहल निर्माणका लागि जग्गा खरिद गर्न शनिबारदेखि सहयोग संकलन अभियान शुरु भएको छ ।

म्याग्दी जिल्ला भलिबल संघले दुई रोपनी आठ आना जग्गा खरिदका लागि शुरु गरेको अभियानको पहिलो दिन रु. तीन लाख भन्दा बढी सहयोग जुटाएको छ । संघका अध्यक्ष तेजेन्द्र बानियाले समुदाय स्तरबाट सहयोग जुटाएर जग्गा ब्यवस्थापन गरेपछि सरकारी लगानीमा कर्वडहल निर्माण गरिने जानकारी दिनुभयो ।

“बेनीको महारानीथान नजिकै खरिद गर्न लागिएको जग्गालाई रु. एक करोड ४२ लाख ५० हजार मूल्याङ्कन गरि रु. तीन लाख पेश्कि उपलब्ध गराएका छौ,” उहाँले भन्नुभयो “सार्वजनिक संघ संस्थाको आफ्नै जग्गा नहुँदासम्म सरकारी निकायले पूर्वाधार निर्माणमा लगानी गर्न नमिल्ने नीतिगत ब्यवस्थाका कारण अभियान सञ्चालन गरेका हौ ।”

Shreekrishna
Gunasthariya Shiksya

एक हजार जना दर्शक अट्न सक्ने क्षमताको भलिबल कोर्ट, अफिसियल बैठककक्ष, जिम हल, कपडा फेर्ने कोठा, चमेनागृह, प्याराफिट, एलसीडी बोर्ड, विद्युत, ध्वनी उपकरण, एसी, शौचालय, सयनकक्ष, भण्डारण, जेनेरेटर र कार्यकक्ष रहने रु. तीन करोड लागत अनुमान गरिएको कर्भडहल चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय तह, प्रदेश र संघीय सरकारबाट लगानी जुटाएर कर्भडहल निर्माण गरिने संघले जनाएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका थुप्रै भलिबल खेलाडीहरु जन्माएको म्याग्दीमा हाल कर्भडहल नहुँदा ठूलो बर्षात, चर्को घाम र चिसो मौसममा खेल प्रतियोगिता र अभ्यास सञ्चालन गर्न समस्या भएको संघका महासचिव कुमार किसानले बताउनुभयो ।

कर्भडहल निर्माणपछि संघ अन्तर्गतको अक्षयकोष कार्यसमिति मार्फत भलिबल प्रशिक्षण केन्द्रको रुपमा सञ्चालन गरिने योजना रहेको छ । वि.स. २०८० मा म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतको सहयोगमा स्थापना भएको रु. ४७ लाखको अक्षयकोष रकम वृद्धि गरि ब्याजबाट कर्भडहल तथा खेल प्रशिक्षण सञ्चालन गरिने संघले जनाएको छ । संघको कभर्डहल निर्माण गर्ने योजनालाई साझा मानेर सघाउने जिल्लाका जनप्रतिनिधी, राजनीतिक दल र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् ।

खेलाडी उत्पादनका लागि प्रशिक्षण र उमेर समूहको आधारमा प्रतियोगिता आयोजना गरि म्याग्दीलाई भलिबलको हब बनाउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरी व्यवसायीक खेलाडी उत्पादनमा जोड दिने, खेल संस्थाको विकास, विस्तार गर्न र अनुशासित, स्वस्थ्य नागरिक उत्पादनमा मद्दत पु¥याउने कर्भडहल निर्माणको प्रमुख उद्देश्य रहेको छ ।

संघका अध्यक्ष बानियाले रु. एक लाख, ब्यवसायी नरेन्द्र बस्नेत, जिवन खत्री, इश्वर आचार्य, भिमनाथ शर्माले रु. ५०÷५० हजार र चिरञ्जिवी शर्माले रु. २५ हजार सहयोग गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...