मुदीमा वडा कार्यालय भवन निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

मुदी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ ।

धवलागिरी गाउँपालिकाले दुई तले सभाहल सहितको भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवति कन्ट्रक्सनले रु. ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

यही पुष मसान्तसम्म ठेक्काको म्याद रहेको योजनाको बिहिबार प्राबिधिक टोलीले नापजाँच गरेर हस्तान्तरण गरेको वडा अध्यक्ष यामबहादुर घर्तिले बताउनुभयो । वडा कार्यालयलाई नयाँ भवनमा स्थानान्तरण गरेर सेवा शुरु गरिने उहाँले बताउनुभयो ।

Shreekrishna

हाल वुद्धीविकास माविको पुरानो कक्षा कोठा भवनबाट वडा कार्यालय सञ्चालन गरिएको छ । वडा अध्यक्ष घर्तीका अनुसार भवन बनाउन मुदीका पूर्व प्रधानपञ्च गंगलाल घर्तीले दुई रोपनी १६ आना र रेशम बहादुर घर्तिले तीन आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

भुई तलामा शौचालय, सयन कक्ष र चार वटा कोठा रहेको भवनको माथिल्लो तलामा सभाहल बनाइएको गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले बताउनुभयो । प्राविधिक नापजाँच र मूल्याङ्कनपछि भवन निर्माणको कुल खर्च विवरण तयार हुने उहाँले बताउनुभयो ।

मुदीको वडा कार्यालय भवन गत आर्थिक वर्षको धवलागिरी गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त आयोजना हो । गत आर्थिक वर्षमा रु. एक करोड बजेट बिनियोजन भएको योजना बर्खाका कारण निर्माण सामग्री ढुवानी गर्न समस्या भएपछि छ महिनाका लागि म्याद थप भएको थियो । थप भएको समयभित्रनै भवन निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक बिजय भट्टचनले बताउनुभयो ।

भवन परिसरमा घेराबार गरेर व्यवस्थित र सुरक्षित बनाउन गाउँपालिकामा थप बजेटको प्रस्ताव गरेको वडा अध्यक्ष घर्तिले बताउनुभयो । गाउँपालिकाले यसअघि मुदीमा वि.स. २०८१ म रु. ८९ लाखको लागतमा दुई तले सात कोठे स्वास्थ्य चौकीको भवन निर्माण गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...