ताकमकी पद्माकुमारी आचार्यलाई प्याजको नर्सरीबाट सफलता

Gandaki Ghumau

कृष्णराज पौडेल

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनी भन्दा कम क्षेत्रफल जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु. एक लाख भन्दा बढी आम्दानी गर्नुभएको छ ।

ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले उत्पादन गरेको प्याजको बिरुवा धवलागिरी र मालिका गाउँपालिकाका साथै पोखरा सम्म बिक्री भएको हो । गत कात्तिक दोस्रो साता छ किलोग्राम प्याजको बिउ जमाएकी आचार्यले पुष दोस्रो हप्तासम्म रु. एक लाखको बिरुबा बिक्री भएको बताउनुभयो ।

Shreekrishna

“पहिलो चरणमा उत्पादन गरेको बिरुवा बिक्री हुने अन्तिम चरणमा छ, माघमा लगाउनका लागि बिरुवाको माग आएपछि थप विउ जमाएको छु,” उहाँले भन्नुभयो “एक रोपनी क्षेत्रफल बारीमा उमारेको प्याजको बिरुवाबाट दुई महिनामै रु. एक लाखको बिरुवा बिक्री भयो ।”

रु. २५ हजार लगानी गरेकी आचार्यले सबै बिरुवा बिक्री गरिसक्दा करिब रु. एक लाख ५० हजार आम्दानी हुने अनुमान गर्नुभएको छ । आचार्यले पछिल्लो तीन वर्षयता प्याजको बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।

Gunasthariya Shiksya

उहाँको नर्सरीमा उत्पादन भएको प्याजको बिरुवा धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकम, धारापानी, मराङ, मल्कवाङ, मालिकाको देविस्थान र बिमका साथै पोखरामा पनि बिक्री भएको छ ।

फोन गरेर माग गर्ने किसानहरुले घरबाटै खातामा पैसा पठाईदिन्छन् । बिरुवालाई प्याक गरेर गाडीमा राखेर किसानलाई पठाउने गर्नुभएको छ । एक मुठा प्याजको बिरुवा रु. एक सयका दरले बिक्री भएको छ । सानो बिरुवा दुई सय र ठूला बिरुवा एक सय भन्दा बढीको मुठा बनाउने गरिएको छ ।

हरियाली कृषि समूहका अध्यक्ष रहेकी आचार्यले संगम म्याग्दीले आयोजना गरेको तालिममा सहभागी भएर प्याजको बिरुवा उत्पादन सम्बन्धी सिप हाँसिल गर्नुभएको थियो । यसअघि ताकम कौछिनीका भेषनाथ गौतमले करिब दुई दशकसम्म प्याजका बिरुवा उत्पादन गर्नुहुन्थ्यो ।
गौतमले बिरुवा उत्पादन गर्न छाडेपछि धौलागिरि क्षेत्रका किसानहरुले करेसाबारीमा प्याज खेती गर्न समस्या भएको थियो । नर्सरी सञ्चालनका लागि प्राविधिक ज्ञान, सिप र उपयुक्त हावापानी हुने भूगोलमा जमिन आवश्यक पर्छ ।

आचार्यले बिरुवा उत्पादन गर्न थालेपछि धौलागिरी र छिमेकी गाउँपालिकाका बासिन्दाले करेसाबारीमा प्याज खेती गर्न पाएका छन् । घरायसी उपभोगका लागि बजारबाट प्याज खरिद गर्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो ।

समुन्द्रि सतहदेखि करिब दुई हजार मिटर उचाईमा रहेको ताकमको हावापानी नर्सरी र बिरुवा उत्पादनका लागि अनुकुल मानिएको छ । चिसो हावापानीमा उत्पादन भएको बिरुवामा रोग, किराको प्रतिरोधात्मक क्षमता र गुणस्तरीय हुने बताइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...