
बेनी। म्याग्दीको बेनी नगरपालिका–४ सिंगाकी १४ वर्षीया मृगौला पिडित कविता नेपालीको उपचारका लागि सहयोगको अपिल गरिएको छ ।
बागलुङ नगरपालिका–१४ स्थायी घर भई हाल बेनी नगरपालिका–४ सिंगामा बसोबास गर्ने कमल नेपाली र बिपना नेपालीकी छोरी कविताको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
धवलागिरी माविको कक्षा १० मा अध्ययनरत कविताका अभिभावक र घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले महँगो उपचार खर्च जुटाउन सहयोग संकलन अभियान सञ्चालन गरिएको बेनी नगरपालिका–४ का वडा सदस्य सन्दिप खत्री (केन)ले बताउनुभयो ।
कविताको उपचारका लागि सहयोग गर्न इच्छुक महानुभावहरुलाई ९८४७६६२२११ मा सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ ।

