रघुगंगाको बजेट संशोधन

Gandaki Ghumau

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२÷०८३ का लागि छनौट भएका योजनाहरुमध्ये रु. दुई करोड ४९ लाख २० हजार बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ ।

सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको बजेटलाई संशोधन तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट थप रु सात लाख २० हजार बराबरको बजेट विनियोजन गरेको छ ।

सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको गत आर्थिक बर्षको यथार्थ आय व्यय विवरण तथा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको संक्षिप्त समिक्षात्मक प्रगति विवरण र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताब छलफल सहित पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

गत असार ५ गते सम्पन्न भएको १९ औँ गाउँसभाबाट चालु आर्थिक बर्ष २०८२÷०८३ का लागि रु ५१ करोड ७८ लाख ४० हजार बराबरको अनुमानित बजेट स्वीकृत गरिएकोमा पुस १० गतेसम्म संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोतबाट समेत गरेर रु २८ करोड ३६ लाख ८५ हजार राजश्व तथा अनुदान संकलन भएर परिचालन भएको पालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले पुस १० गतेसम्म चालु खर्चतर्फ रु ३७ करोड २५ लाख बजेटमध्ये ९ करोड २४ लाख र पुँजीगततर्फ रु १४ करोड ५३ लाख बजेटमध्ये १ करोड ८६ लाख बजेट खर्च गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको हालसम्म जम्मा १२ दशमलब ८० प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ ।

जेनजी आन्दोलनले सिर्जत परिस्थिति, संघीय सरकारको अस्थिरताका कारण बजेट कार्यान्वयन सम्बन्धी निर्देशिकामा ढिलाई र द्धिविधा उत्पन्न हुनु र उपभोक्ता समिति गठनमा ढिलाई हुँदा बजेट कार्यान्वयनमा सुस्तता आएकाले कार्यतालिका बनाएर योजना तथा कार्यक्रमको कार्यान्वनयमा जुट्नुपर्ने पालिका अध्यक्ष भण्डारीले बताउनुभयो । सभाले चालु योजनाहरूको प्रगति मूल्याङ्कन गर्दै बाँकी अवधिका लागि बजेट परिमार्जन र विकासका नयाँ प्राथमिकताहरू समते पारित गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...