अरुणाको भलिबल प्रेम

Gandaki Pardesh notice

बेनी, । आम–आमाबुवाले जस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका कमला र कुवीर शाहीले पनि सोच्नु भएको थियो, कतै छोरी खेलकुदमा लागेर बिग्रिने त होइन ? चिन्ता स्वाभाविक थियो । तर जति बेला छोरीले देशका लागि खेलेर अपार ख्याति कमाइन्, त्यति बेला तिनै आमाबुवाले भनेछन्, ‘हाम्री छोरीले त हाम्रो इज्जत पो बढाइन् ।’ यो कथा हो, नेपाली राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीको ।

वि.स २०७६ मा नेपाली खेलकुदको वृत्तान्त भन्नु नै स्वदेशमै भएको १३औं दक्षिण एसियाली खेलकुद र त्यसका अनेक सफलताका कथा हुन् । त्यसमध्ये सम्भवतः सबैभन्दा मन छुने कथा हो, त्यही महिला राष्ट्रिय भलिबल टोलीले चुमेको रजत पदक । एकपछि अर्को स्वर्णको हुलमा यो रजत पदक के नै हो र भन्ने पनि होलान् तर त्यसो होइन । यो रजत पदकको सार नै बेग्लै छ, अनुपम पनि छ ।

भलिबल नेपालको राष्ट्रिय खेल हो । त्यसमाथि महिला भलिबल बढी नै लोकप्रिय छ, नेपालमा । त्यही कारण २०७६ बेग्लै शानको रह्यो, भलिबलका लागि । यही वर्षको उपलब्धिले देखाउँछ, यो खेलमा नेपालको सम्भावना कति बाक्लो छ भनेर । नेपालले त्यो वर्ष एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको थियो । यो महिला भलिबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।

Shreekrishna hardwear in news

त्यसपछि दक्षिण एसियाली खेलकुदमा रजत पदक पनि हात पा¥यो । यो यात्रामा टोलीका सबैभन्दा महत्वपूर्ण पात्र हुन्, उनै अरुणा । उहाँ कप्तान त हुनुहुन्छ नै, गहकिला ‘सेटर’ पनि हो । नेपाली महिला भलिबलमा आमखेलप्रेमीमा सबैभन्दा चिनिने नाममध्ये सबैभन्दा अगाडि पनि अरुणाकै नाम आउने गर्छ । आखिर यी २७ वर्षीया चेलीले आफ्नो उमेरको आधाभन्दा बढी १४ वर्ष भलिबलका लागि समर्पित गरिसक्नुभएको छ ।

यिनै दुई ठूलो सफलतापछि म्याग्दीको रघुगंगा गाउँपालिकाका आमाबुवाले आफ्नी छोरीलाई लिएर गर्व नगरेर कहाँ पाइन्थ्यो त ? उहाँ त अब पूरा गाउँकै सान बन्नुभएको छ । अझ यो भौगोलिक घेरा तोडेर देशकै इज्जतसमेत हुनुभएको छ ।

Bhautik ministry notice about road

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष २०७६ को पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय खेलाडी विधाको मनोनयनमा अरुणा पनि पर्नुभएको छ । अब उहाँलाई समग्र भलिबलमा पु¥याएको योगदानका लागि धेरैभन्दा धेरै मत दिएर जिताउने काम आमखेलप्रेमीको हो । स्वदेश तथा बिदेशमा रहेका म्याग्देलीहरुको पनि यसमा सक्रियता र एकता आवश्यकता छ ।

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिद्वन्द्वी थियो, भारत । स्वर्णको प्रतिस्पर्धामा नेपालले सुरुआती दुई सेट जितेको थियो, सबैलाई लागेको थियो, अब स्वर्ण नेपालकै हो ।

तर त्यस्तो भएन, नेपालले त्यसपछि तीन सेट गुमायो । यो तीन सेट गुमाएको मात्र थिएन, स्वर्ण नै गुमाएको थियो ।

अरुणालाई मुखमै आएको भात खोसिएजस्तै लागेको थियो । फाइनल खेल के सकिएको थियो, सबै खेलाडीले मन नै थाम्न सकेनन्, कोर्टमै रोए । अरू बेला खासै नरुने अरुणाले पनि आफूलाई रोक्न सक्नुभएन्, अविरल आँसु बगिहाल्यो ।

त्यो फाइनल सकिएको एक वर्ष भइसकेको छ । अरुणाको मनबाट त्यति बेलाका कुनै पनि क्षण हराएको छैन । सबै आँखै अगाडि छन्, सिनेमाका दृश्यजस्तै चारैतर्फ घुमिरहेका छन् । उहाँलाई लाग्छ, समयको चक्रलाई उल्टो घुमाएर फेरि फाइनलसम्म पुग्न पाए, ती हारेका तीन सेटलाई उल्ट्याउने प्रयास गर्नुहुन्थ्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...