सिममा निरन्तर चल्दैछ पुरानो कोलमा उखु पेल्ने चलन

Gandaki Ghumau

बेनी ः म्याग्दीको मङ्गला गाउँपालिकाका किसानहरुले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् ।

मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकत्ताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघ महिनामा उखु पेल्ने चलन छ । रामबहादुरका छोरा नातीहरुले पनि हल गोरुको सहायतामा कोल घुमाउने पुरानो चलन र परम्परालाई निरन्तरता दिएका छन् ।

रामबहादुरका नाती ध्रुब खत्रीले उखु पेल्ने विद्युतीय उपकरणको विकास भएपनि कोलमा उखु पेल्ने चलन अझै कायमै रहेको बताउनुभयो । “त्यसबेला काठको कोलमा उखु पेल्न दुःख भएपछि हाम्रा हजुरबुवाले भारतबाट ल्याएको कोलका पाटपुर्जा नाउडाडाबाट भरियाले पाँच दिन लगाएर यहाँ ल्याउनुभएको रहेछ,” उहाँले भन्नुभयो “एक सय किलोग्राम तौल भएको तीन वटा पाटपुर्जा ल्याएपछि यस क्षेत्रका किसानलाई उखु पेल्न सजिलो भएको थियो ।”

Shreekrishna

सिमलचौरका दलबहादुर जिसी, गणेशबहादुर जिसी र चाउरे कामीले नाउडाडाबाट कोल बोकेर सिम ल्याउनुभएको थियो । त्यसबेला ग्रामिण क्षेत्रमा गुलियोको लागि उखुको रस पकाएर बनाइने खुदो प्रयोग हुन्थ्यो । त्यसबेला गुलीयोका लागि पनि घरैपिच्छे उखु खेती गर्ने चलन थियो । पुर्खाले सुरु गरेको कोल हाल्ने चलनलाई आफूहरुको पालामा पनि निरन्तता दिएको खत्रीले बताउनुभयो ।

Gunasthariya Shiksya

कोलमा उखु पेले वापत १० लिटर बराबर रु. एक सय शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट कृषकहरु आउने गरेका छन् ।

मंगला गाउँपालिका–२ तोराखेतका श्रीकृष्ण पौडेलले उखुको रसबाट बनाएको खुदोलाई धार्मिक कार्यका साथै मानिसलाई घाँटी दुखेको र गाईभैसी बिरामी भएमा औषधीको रुपमा खुवाउने चलन छ । गर्मीमा खुदो मिसाएको पानी पिउँदा शितल हुने उहाँको अनुभव छ ।

मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बिचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुई देखि तीन जना जनशक्ति आवश्यक पर्छ ।

कोलमा पेल्दा धेरै रस आउने, शुद्ध, स्वस्थ हुने उपभोक्ता राजाराम उपाध्यायले बताउनुभयो । कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ । चिनिको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो । खुदोलाई पुजाआजामा पनि प्रयोग गरिने मंगला गाउँपालिका–२ सिमलचौरकी रुपा जिसीले बताउनुभयो ।

बिवाह, ब्रतबन्धका लागि लड्डु र कसार बनाउनका लागि खुदो आवश्यक पर्छ । यसैगरी देवी देवतालाई प्रशादका रुपमा पनि खुदो चढाउने चलन छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...