कालीगण्डकी कोरिडोर ः तातोपानी–घाँसा खण्ड स्तरोन्नति

Gandaki Ghumau

बेनी, चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानी देखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गा देखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३÷०७४ देखि योजना शुरु भएको थियो ।

शर्मा–गजुरमुखी जेभीले भेरियसन अर्डर सहित रु. ६३ करोडमा ठेक्का लिएको तातोपानी–घाँसा खण्डको १६ किलोमिटर पाँच सय मिटर सडक मध्य पहिरो प्रभावित तीन किलोमिटर तीन सय मिटर बाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको हो ।

Shreekrishna

शर्मा–गजुरमुखी जेभीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले दुई किलोमिटर पाँच सय मिटर ढलान र दश किलोमिटर सात सय मिटरमा डिबिएसडी प्रबिधीको कालोपत्र भएको जानकारी दिनुभयो ।

default
Gunasthariya Shiksya

“प्रतिकुल भूगोल, कोरोना महामारी, बाढी पहिरो, नदिजन्य निर्माण सामग्री अभाव लगायतका कारणले योजना निर्माणमा ढिलाई भएको हो,” उहाँले भन्नुभयो “स्तरोन्नति सकिएको सडकलाई औपचारिक रुपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा छौ ।”

लक्ष्य भन्दा पाँच वर्ष ढिलागरि सम्पन्न भएको हो । गजुरमुखी निर्माण सेवा आन्तरिक समस्यामा परेपछि साझेदार शर्माले अधुरो कामलाई पूर्णता दिएको हो । पहिरो प्रभावित गुइठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्का मार्फत काम शुरु गरेको छ ।

कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एंकरिङ’ गरेर सडक फराकिलो बनाइएको छ । नागढुङ्गा, जलथले, गुइठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्र भएको छ ।

सडक कालोपत्र भएपछि दुई घण्टाको यात्राअवधी तीस मिनेटमा छोटिएको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो । यो खण्डको धेरै दुरी अन्नपूर्ण गाउँपालिका वडा नं.–३ को भूगोलमा पर्छ । मुस्ताङ जानेआउने पर्यटक, तिर्थयात्री, स्थानीयबासीका साथै कोरला नाकाबाट सामान आयात निर्यात गर्ने मालवाहक सवारी साधनहरुलाई सहज भएको छ ।

सडक सहज भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडा अध्यक्ष पुर्जाले बताउनुभयो । शर्मा–गजुरमुखीले बेनी–जोमसोम कोरला सडकको दोस्रो (तातोपानी–घाँसा) र तेस्रो घाँसा कैह्कुखोला–खन्ती खण्डमा स्तरोन्नतिको जिम्मा लिएको थियो । १६ किलोमिटर दुरीको कैह्कुखोला–खन्ती खण्डको दुई वर्षअघिनै स्तरोन्नति सकेर हस्तान्तरण गरेको थियो ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । रु. १० अर्ब ५७ करोड अनुमानित लागत रहेको दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम कोरला सडक योजना अन्तर्गत ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा सडक पुल निर्माण सकिएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले रु. १० अर्ब ५७ करोड रहेका आयोजनामा ८२ प्रतिशत अथवा रु. आठ अर्व २० करोड खर्च भइसकेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...