रत्नेचौर–भकुण्डे सडकको गुणस्तरमा भकुण्डेबासीको प्रश्न

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

भकुण्डे ः बेनी नगरपालिका–१ रत्नेचौर देखि वडा नम्बर २ ज्यामरुककोटको भकुण्डे जोड्ने सडक स्तरोन्नति योजना निर्माणका क्रममा कमशल काम भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

बेनी नगरपालिकाले शुक्रबार भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले संघीय सरकारको सडक डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित सडकको कालोपत्र नसकिदै उक्कीन थालेको बताएका हुन् ।

भकुण्डेका भिमबहादुर पौडेल, पूर्णबहादुर सुवेदी, भिमबहादुर रिजाल, डम्मर सापकोटा लगायतले उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा गरिएको डिबिएसडी प्रबिधिको पिच योजना पुरा नहुदै ओर्दिएर खाल्डा, खाल्डा पर्न थालेको बताउनुभयो ।

Shreekrishna

सडक डिभिजन कार्यालय, बागलुङ मार्फत वि.स. २०७९ देखि निर्माण शुरु भएको सडकमा ढिलासुस्तिसँगै कमशल काम भएको विषयमा सम्बद्ध कार्यालयलाई जानकारी गराउदा पनि सुनुवाई नगरेको स्थानीयबासीहरुको भनाई थियो ।

नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, वडा अध्यक्ष यामबहादुर कार्कीले सडक निर्माणमा भएको कमशल कामका बारेमा अनुगमन समितिले लिखित पत्र पठाउँदा समेत बेवास्ता गरेको बताउदै पुनःएक पटक सडक डिभिजन र ठेकेदारलाई बिग्रिएको सडकलाई सुधार गर्न लगाउने प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

भिमबहादुर रिजालले बेनी–लभ्लीहिल–भकुण्डे सडक स्तरोन्नतिका लागि प्राथमिकतामा नपरेको र गौस्वाराका खिमबहादुर मल्लले पञ्चकोट हुदै गौस्वारा जोड्ने सडक मार्ग खुलेको तीस वर्षसम्म पनि स्तरोन्नति हुन नसकेको गुनासो गर्नुभयो । देवेन्द्र घिमिरेले मंगलाघाट पारिको पाती चढाउने डिलको सडकको जोखिमप्रति संवेदनशिल हुन र चुनावी प्रतिवद्धता पुरा गर्न नगर प्रमुखको ध्यानाकर्षण गराउनुभयो ।

नगर प्रमुख केसीले बेनी–बगरफाँट सडकको पातीचढाउने डिलको जोखिम हटाउन आगामी हिउँदे अधिवेशनमा बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाउदै मंगलाघाटबासीलाई सहमतिमा ल्याएर बिवाद नहुने गरि काम गर्न अनुरोध गर्नुभयो ।

बेनी देखि लभ्लीहिल हुदै भकुण्डे जोड्ने सडकमा हरेक बर्षजसो उपलब्ध बजेट बिनियोजन गरेर अप्ठ्यारो ठाउँको सडकलाई सुधार गर्दै आएको बताउदै वडा अध्यक्ष कार्कीले संघीय र प्रदेश सरकारसँग पनि प्रस्ताव गरेको बताउनुभयो ।

नगर प्रमुख केसीले पञ्चकोट देखि गौस्वाँरा जोड्ने सडक स्तरोन्नतिमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । जितबहादुर थापाले चार सय ५० घरपरिवारले उपभोग गर्ने खानेपानी योजनाको मुहान सुक्दै गएको, लिफ्ट योजनाको टंकी बनाएपनि पानीको स्रोत नभएको र तोराखेतको मुहानबाट पानी ल्याउन स्थानीयबासीले मुहान नदिदा समस्या भएकाले समाधानका लागि नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।

नगर प्रमुख केसीले २ र ३ नम्बर वडाका अध्यक्ष मार्फत खानेपानीको मुहान बिवाद समाधान गरेर भकुण्डे, बिमिराबोट र अर्जममा नियमित पानी आपुर्तिका लागि वैकल्पिक स्रोतमा सहमति जुटाउन पहल गरिरहेको बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

खबराका सोवित शर्माले एउटै वडामा ४० वटा सम्म योजना हुने, उपभोक्ता समितिमा बस्नेहरुप्रति समाजले हेर्ने दृष्टिकोण र कर्मचारीले गर्ने ब्यवहारका कारण समितिमा बसेर काम गर्न मानिस पाइन छाडेकाले विकल्प खोज्नुपर्ने बताउनुभयो । सिफारिसका लागि दोहोरो दस्तुर हटाउन सुझाव दिदै योजनामा जनसहभागीता जुटाउन पनि समस्या हुन थालेको उहाँले गुनासो गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शर्माले उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनामा १० प्रतिशत जनसहभागिता हुनुपर्ने, रु. पाँच लाख भन्दा कम बजेटका योजना वडामै सम्झौता गर्ने ब्यवस्था मिलाएको र सुत्र सफ्टवयरमा राजस्व पनि समावेश गरेर स्तरोन्नति गर्ने क्रममा भुक्तानी तथा राजस्व संकलनमा ढिलाई भएको स्पष्ट पार्नुभयो ।

हरिप्रसाद शर्माले बाँदरले बागलुङ र म्याग्दीका बादर सिमानामा पर्ने भकुण्डे आसपासका खेतबारीमा आएर किसानलाई आजित बनाएको बताउनुभयो । वन बढेर खेतीयोग्य जमिनमा असर पुगेको पनि सहभागीहरुको भनाई थियो ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले निजी वन सम्बन्धी कार्यबिधी बनाउन लागिएको जानकारी गराउनुभयो । किसानहरुको साझा समस्या बनेको बाँदर नियन्त्रणको दिगो उपायको खोजीमै रहेको जनप्रतिनिधी र कर्मचारीहरुको जवाफ थियो ।

बस्तीमाथीको प्रशारण लाइनले जोखिम बढाएको, लभ्लीहिलको पर्यटन विकासको योजना कार्यान्वयनमा ढिलाई भएको सहभागीले गुनासो गरेका थिए । सहभागीले उठाएको राजस्व सम्बन्धी प्रश्नको जवाफ दिदै उपप्रमुख लामिछानेले राजस्वको दायरा बढाएर दरलाई पहिलेको तुलनामा घटाउने नीति लिएको बताउनुभयो ।

अर्जुन माविका पुर्व प्रअ टिकाबहादुर कार्कीले विद्यार्थी संख्या कम भएका विद्यालयको तह र शिक्षक दरबन्दी मिलानलाई प्राथमिकता दिन सुझाव दिनै गणित र विज्ञान विषयका शिक्षक नपाउने समस्या समाधानका लागि नगरपालिकाले गरेका प्रयासको बारेमा जिज्ञाशा राख्नुभयो ।

नगर शिक्षा अधिकृत कमलप्रसाद ढकालले शिक्षक दरबन्दी र तह मिलानका लागि गठन भएको कार्यदलको प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउदै गणति र विज्ञान विषय लिएर उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थीलाई नगरपालिकाले छात्रावृत्ति दिने गरेको बताउनुभयो ।

पुर्व वडा अध्यक्ष हिराबहादुर थापाले अघिल्लो कार्यकालमा तयार भएका सडक, खानेपानी योजनाको डिपिआर खोजेर त्यसका लागि प्रदेश तथा संघीय सरकारका निकायमा बजेट माग्न सुझाव दिनुभयो ।
स्थानीय अगुवा मिनबहादुर कार्कीले पर्यटकीय र धार्मिक स्थलहरुको विकासमा ध्यान दिन सुझाव दिनुभयो । साविक ज्यामरुककोटको समग्र विकासमा सबै राजनीतिक शक्ति, अगुवा, सरोकारवालाहरु सहकार्य गर्न कार्कीको सुझाव थियो ।

नगरपालिकाका अधिकृत अर्जुन सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष गौतम र अमृत बास्कुनेले सहजिकरण गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नगरपालिकाको पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाइका लागि बेनी नगरपालिकाको सबै वडाका २५ जना सर्वसाधारणले भिडियो मार्फत प्रश्न गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...