म्याग्दीमा विद्युत प्राधिकरणका ग्राहकको विस्तृत विवरण संकलन थालियो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले ग्राहकहरुको विस्तृत विवरण संकलनका लागि ‘केवाइसी’ फाराम भर्न थालेको छ । जिल्लामा केन्द्रिय विद्युतिकरणको पहुँच पुगेका ठाउँमा वितरण केन्द्र मार्फत मिटर बक्स जडान गरी विद्युत सेवा उपभोग गर्ने ग्राहकहरुको पहिचानका लागि कार्यालयले केवाइसी विवरण संकलन गर्न सुरु गरेको हो ।

हरेक ग्राहकले नागरिकता, घरजग्गाको लालपुर्जा, ग्राहक बिल र एक प्रति पासपोर्ट साइजको फोटो सहित आफ्ुनो केवाइसीलाई अध्यावधिक गर्न सकिने व्यवस्था मिलाईएको छ । वितरण केन्द्रको मंगलाघाट स्थित कार्यालयमै पुगेर, कार्यालयको ९८५७६३३१७७मा ह्वाटअप र इमेलमा आबश्यक कागजात पेश गरेर केवाइसी अपडेट गर्न सकिने व्यवस्था मिलाईएको कार्यालयका लगत प्रमुख विवेके उपाध्यायले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्राधिकरणले विहिवार बेनी नगरपालिका– १ रत्नेचौरमा वडा कार्यालयको समन्वयमा घुम्ती कार्यक्रम सञ्चालन गरेर उपभोक्ताहरुको केवाइसी विवरण संकलन गरेको कार्यालयका प्रमुख सत्यनारायण गामीले बताउनुभयो । डिजिटल नेपाल विद्युत प्राधिकरण अभियान अन्तर्गत जिल्लामा रहेका सम्पूर्ण ग्राहकहरुको विस्तृत विवरण अध्यावधिक गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

Shreekrishna

रत्नेचौरमा एक सय ५० जनाले केवाइसी विवरण बुझाएका छन् । कार्यक्रममा कार्यालय प्रमुख गामी, लेखा प्रमुख श्याम राना, इञ्जिनियर प्रकाश झा, प्रशासन प्रमुख लोकेन्द्र थापा, लगत प्रमुख उपाध्याय, फोरमेन जितेन्द्र मुखीया, सिमिरे गोविन्द शर्मा, सहायक लेखापाल सुमन पौडेल, काउन्टर प्रतिनिधि गणेश पौडेल लगायतले केवाइसी विवरण संकलन गर्नुभएको थियो ।

यस अभियानबाट ग्राहकहरुको तीन पुस्ते विवरणका साथै सम्पर्क नम्बर र आबश्यक नयाँ विवरणहरु समेत संकलन हुने र ग्राहकहरुलाई छिटो र छरितो तवरले सेवा दिन समेत सहयोग पुग्ने कार्यालयले जनाएको छ । यस अघि मिटर जडान गरेका कतिपय ग्राहकहरुको अभिलेख कार्यालयमा नभएकाले समेत यस अभियानबाट सबै ग्राहकहरुको पहिचान हुने अपेक्षा गरिएको छ ।
म्याग्दी बितरण केन्द्र अन्तरगत २३ हजार आठ सय ६९ विद्युतका उपभोक्ता छन् । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत वितरण हुदै आएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...