अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

Gandaki Ghumau

बेनी, नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई ज्ञापनपत्र बुझाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा गएको टोलीले पर्यटक तथा आरोहीको सहजताका लागि समुन्द्रि सतहदेखि चार हजार एक सय ५० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरमा चौथो पुस्ताको इन्टरनेश सुविधा सहितको मोवाइलको टावर स्थापनाको माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

सञ्चार सुविधाको अभावमा समस्यामा परेका पदयात्री र आरोहीहरुको उद्दारमा समस्या भएको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । हुमखोला सम्म मोवाइल फोन सेवा भएपनि आधार शिविर जाने आउने पदयात्रीहरु दुई देखि तीन दिन पूर्ण रुपमा सञ्चार सम्पर्कबाट टाढा हुने गरेका छन् । टोलीसँग सञ्चारमन्त्री खरेलले अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि प्रक्रिया अघि बढाउनका लागि नेपाल टेलिकमका इञ्जिनियर जिवराज उपाध्यायलाई जिम्मेवारी दिएको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

मन्त्री खरेलले म्याग्दीमा रहेका टेलिकमका सबै टावरको विवरण संकलन गरी सेवा विस्तार र क्षमता वृद्धिका लागि टेलिकमको नेतृत्वलाई निर्देशन दिनुभयो । गाउँपालिका अध्यक्ष पुन, अभियान्ता गुरुङ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, ब्यवसायी किरण बानियाँ र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको टोलीले मंगलबार काठमाडौमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएर बुधबार म्याग्दी फर्किएका छन् ।

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा रहेको छ । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए ।

उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ । विद्युत र टेलिकमको सुविधासँगै गाउँपालिकाले पदमार्ग क्षेत्रमा आवश्यक थप संरचनाका लागि समेत पहल गर्ने जनाएको छ ।

नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भएपनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरी अन्तरगत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुंगा र आधार शिविरमा सञ्चारबिहिन हुदाँ त्यस क्षेत्रको प्रचारप्रसारमा समेत असर गरेको छ । असोज, कात्तिक, फागुनदेखि जेठसम्म अन्नपूर्ण बेसक्याम्पमा पर्यटकको घुईचो लाग्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...