२८ वर्षपछि बिरमानको गाउँफिर्ती

Gandaki Ghumau

बेनी, रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका–७ जाङ गाउँका ५६ वर्षीय बिरमान कार्मी २८ वर्षअघि कामको खोजीमा मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा जानुभयो ।

बागलुङको ढोरपाटन र म्याग्दी हुदै १५ दिनको पैदलयात्रा गरेर २८ वर्षको छदाँ घाँसा पुगेका बिरमानको जवानी र प्रौद्ध अवस्था उतै बित्यो । घाँसा गएपछि जन्मिएका दुई छोरीको बिहेबारी भयो । एक छोरा कामको खोजीमा खाडी मुलुक गए ।

खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका बिरमान दम्पत्ती २८ वर्षपछि पुनः आफ्नो जन्मथलो फर्किन गोठका गाईबस्तुलाई अघि लगाएर हिडेको छैठौ दिन सोमबार म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी नजिकैको बादिकाको उकालोमा भेटिनुभयो ।

Shreekrishna

सडकको धुलोले धुलाम्मे बनेका बिरमान दम्पत्तीले लगाएका कपडा मात्रै नभएर गाईबस्तुका शरिर पनि फुस्रा भएका थिए । उकालो काटेपछि चौतारीमा थकाई मार्दै गरेका बिरमानले जन्मथलो छाडेर मुस्ताङको घाँसा पुग्नुपर्ने र अहिले फर्कनुको कारण सुनाउनुभयो ।

“पहिले विदेश जाने चलन कम थियो । काम खोज्दै मुस्ताङ जाने चलन थियो,” उहाँले भन्नुभयो “घर आउन जान टाढा, गाउँमा खेती किसानी गरेर पनि खान नपुग्ने अवस्था भएपछि श्रीमतिलाई पनि उतै लगेर साहुको जग्गा कजाएर बस्यौ ।”

Gunasthariya Shiksya

छोराछोरी हुर्किएर विदेश र बिहे गरेर आफ्नै घरमा गएपछि भने बिरबहादुर दम्पत्तीलाई दाजुभाई, आफन्त र आफ्नै जन्मथलोको सम्झना आउन थाल्यो । “जाङमा पनि अहिले विकास, बिजुली, फोन सुविधा पुगेको रहेछ,” बिरमानले भन्नुभयो “अर्काको ठाउँमा भन्दा आफ्नै दाजुभाई भएको ठाउँमा फर्किने निर्णय ग¥यौ ।”

घाँसामा बिरमानका परिवारले स्थानीयको जग्गामा अघिया खेती लगाउने र ज्याला मजदुरीको काम गरेर जिविकोपार्जन गरेका थिए । साथै गाईगोरु पालन पनि उनिहरुको सहायक आम्दानीको स्रोत बनेको थियो ।

गोठमा भएका १८ वटा गाईगोरु र बाच्छा पनि उनिहरुलै साथै लिएर फर्किएका छन् । छ वटा गाईगोरु घाँसामै छिमेकीलाई छाडेको र एक वटा गोरु बेनी आएपछि घाँसानै फर्किएको बिरमानले बताउनुभयो ।

“हामी जन्मथलोनै फर्किने निधो गरेपनि गाईगोरु पाल्ने कोही पाइएनन्,” उहाँले भन्नुभयो “त्यत्तिकै छोडिदिन माया लाग्यो त्यही भएर साथै लिएर हिडेको हो ।” एक दिन हिडाउने र एक दिन विश्राम गर्दै जाङ पुग्न थप छ दिन लाग्ने उनिहरुको अनुमान छ । म्याग्दीको धारापानी देखि ताकम, मुना, खोरीया, मरेनी, जलजला, गुर्जाघाट हुदै ढोरपाटन पुगेर पुर्वी रुकुम पुग्ने उनिहरुको योजना छ ।

बिरमानको जन्मथलो फिर्तिले शरिरमा शक्ति, साथमा धनसम्पत्ती हुँदा सम्म जहाँ भएपनि दुःख पर्दा, बुढेशकालले च्याम्दा भने थातथलोनै सम्झदाँ रहेछन भन्ने सन्देश दिएको छ । अवसर र सुविधा हुन थाल्यो भने बसाई सराई गरेर गएकाहरु पुनः फर्किने रहेछन् भन्ने सन्देश पनि बिरमान दम्पत्तीले दिएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...