हलीसे डाडाखानी खानेपानी योजना निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण भएको छ ।

खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको योजनाबाट ४८ घरपरिवार लाभान्वित भएका छन् । हलीसेको मुहानबाट ल्याएको पानीलाई २५ हजार, १५ हजार र पाँच हजार लिटर क्षमताको तीन वटा टंकीमा संकलन गरेर घरघरमा धारा बनाएर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण सुनारले जानकारी दिनुभयो ।

“रु. एक करोड ३४ लाख लागत अनुमान गरिएको योजना श्रमदान सहित करिब रु. एक करोडको लगानीमा दुई वर्षमै सम्पन्न गरेका हौ,” उहाँले भन्नुभयो “पाइप र धारा जडानका सामग्री कार्यालयले खरिद गरेर उपलब्ध गराएको हो ।” मुहान, मुख्य पाइपलाइन, टंकी लगायत मुख्य संरचना समिति मार्फत र शाखा पाइपलाईन खन्नेपुर्ने श्रमदानबाट गरिएको अध्यक्ष सुनारले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

योजनाको दिगोपना र पानीको मितब्ययी प्रयोगका लागि घरघरमा मिटर जडान गरिएको र न्युनतम शूल्क निर्धारण गरिने उपभोक्ता समितिले जनाएको छ । वि.स. २०५४ मा हेल्भेटास संस्थाको सहयोगमा डाडाखानीमा निर्माण भएको खानेपानी योजनाको धारा, टंकी र मुहानका संरचना जिर्ण भएका थिए ।

सार्वजनिक धारामा नियमित पानी आउन छाडेपछि खानेपानीको समस्या हुन थालेको थियो । उपभोक्ता समितिका उपाध्यक्ष धनबहादुर श्रीसले घरघरमा खानेपानी धारा निर्माण गरेर नियमित पानी वितरण हुन थालेपछि समयको बचत र झञ्जट हटेको बताउनुभयो । घरायसी, व्यक्तिगत र सामुदायिक सरसफाईमा सहयोग पुगेको उहाँले बताउनुभयो ।

योजनाको मंगलबार बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनले उद्घाटन गर्नुभयो । डाडाखानीमा खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारसँग समन्वय गरेर योजना भित्र्याएको र सम्पन्न हुने चरणसम्म योगदान गर्ने सबैलाइृ धन्यवाद दिनुभयो । खानेपानी योजना सम्पन्न भएको खुसीयालीमा उपभोक्ताहरुले नाचगान गरेर खुसीयाली मनाएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...