म्याग्दीका चार नेताको एमाले केन्द्रिय सदस्यमा उमेद्वारी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । काठमाण्डौमा जारी नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दीबाट चार जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । जिल्लाबाट हरिकृष्ण श्रेष्ठ, थममाया थापा, प्रकाश पौडेल र नरदेवी पुनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
निवर्तमान जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले भुगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । अनेरास्ववियुको केन्द्रिय अध्यक्षमा ७ भोटले पराजित भएका प्रकाश पौडेलले गण्डकीबाट युवा कलष्टरमा केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

त्यसैगरी पूर्व मन्त्री समेत भैसक्नुभएका थममाया थापा र नरदेवी पुनले समेत आदिवासी जनजाती महिला कलष्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । नयाँ नेतृत्व चयनका लागि जारी एमाले महाधिवेशनमा केपि शर्मा ओली र इश्वर पोख्रेलले प्यानल बनाएर चुनाबी प्रतिस्पर्धामा होमीएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...