‘डिल्लीराधा पुरस्कार’ म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठलाई

Gandaki Ghumau

बेनी, म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ ‘डिल्लीराधा पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।

कुश्मामा पर्वत साहित्य संगमले स्थापना तथा व्यवस्थापन गरेका विभिन्न पुरस्कारहरुबाट धौलागिरि क्षेत्रका साहित्यकार तथा कला सर्जकहरुलाई दुई वर्षको अन्तरालमा सम्मानित गर्ने शिलशिलामा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

Gunasthariya Shiksya

नेपाली भाषा, साहित्य, कला, शिक्षा क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सर्जकहरुलाई सम्मान एवम् पुरस्कार वितरण गर्न शनिबार कुश्मामा आयोजित कार्यक्रममा श्रेष्ठ लगायत राजेन्द्र पहाडी, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान, गोविन्दप्रसाद भुषाल, सरस्वती शर्मा (जिज्ञाशु), लक्ष्मीप्रसाद शर्मा पौडेल, जगन्नाथप्रसाद लम्साल, मछिन्द्रप्रसाद शाक्य र सुशील थकालीलाई संस्थाको नीति बमोजिम नगद पुरस्कार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Shreekrishna

कुुश्माको नमुना आवासीय माविको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता खेमराज शर्मा चापागाईले गर्नुभएको थियो । फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीको प्रमुख आतिथ्यता र संस्थाका सचिव गोकुल शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुरस्कार कोषका संस्थापकहरुलाई समेत सम्मान गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...