रुममा सम्पन्न स्त्रीरोग शिविरमा करिब डेढ सय लाभान्वित

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बुधबार स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मालिका गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघर खस्ने समस्या भएका बिरामी पहिचानका लागि शिविरको आयोजना गरेको थियो । शिविरमा १४६ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थ्य शाखा संयोजक सन्तु कार्कीका अनुसार ४ जनामा पाठेघरको प्रारम्भिक क्यान्सर, २ जनाको पाठेघरमा मासु पलाएको र ६ जनाको पाठेघर खसेको भेटिएको छ । उनिहरुलाई थप उपचारका लागि अस्पतालमा रिफर गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्राथमिक स्वास्थ्य केन्द्र दरवाङका चिकित्सक सागर यादव, रुम स्वास्थ्य चौकीका प्रमुख बिरबहादुर पुन लगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । शिविरमा महिलाहरुको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरण गरिएको थियो ।

सानै उमेरमा बिवाह गर्ने, छिटो छिटो बच्चा जन्माउने, गर्भ र सुत्केरी अवस्थामा जोखिमयुक्त काम गर्ने, लाजका कारण रोग लुकाउदा ग्रामिण क्षेत्रका महिलाहरु पाठेघर खस्ने समस्याबाट प्रभाबित छन् ।

ग्रामिण क्षेत्रमा पाठेघर खस्ने समस्या भएका बिरामीको पहिचान गरि उपचारको पहुँचमा ल्याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...