मुनामा सम्पन्न पालिका स्तरीय बाल कचहरीबाट १० बुदे घोषणापत्र जारी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिका स्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन र बालबिवाह न्युनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ ।

बाल क्लवका प्रतिनिधी, जनप्रतिनिधी, शिक्षक, सम्बद्ध संघ संस्था र सरोकारवालाहरुबीच धवलागिरी गाउँपालिकामा रहेको बालबालिका सम्बन्धी समस्या र समाधानका उपायका विषयमा छलफल गरि घोषणापत्र जारी भएको हो ।

बालबिवाह, विभे, बाल मजदुर जस्ता सामाजिक कुसंस्कारका विरुद्ध सामुहिक आवाज उठाउन र त्यस्ता घटनाहरुको न्युनिकरणमा कटिवद्ध भएर लाग्ने, बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको नैसर्गीक अधिकारको पहिपालनामा संवेदनशिल र कार्यान्वयनमा प्रतिवद्ध रहने घोषणापत्रमा उल्लेख छ ।

Shreekrishna

विद्यालयमा बालमैत्री वातावरण र भौतिक संरचनालाई बालमैत्री बनाउने, विद्यालयमा सरकारले उपलब्ध गराउने सेनेटरी प्याडको गुणस्तरीयतामा ध्यान दिने, बालबिवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउने, गुणस्तरीय शिक्षा कायम गराउने, बालबालिकामा अन्र्तनिहित प्रतिभा प्रस्फुटनको अवसर दिलाउने प्रतिवद्धता जनाइएको छ ।

विद्यालयमा दिवा खाजालाई पोषणयुक्त र आत्मनिर्भर बनाउन विद्यालयमै करेसाबारी बनाउने, विद्यालय तथा समुदायमा हुने सबै किसिमका विभेद तथा भेदभाव विरुद्ध शून्य सहनशिलताको रणनीति अपनाइने घोषणापत्रमा उल्लेख छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गाउँकार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं.–३ का अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बालअधिकारको संरक्षण र बालबिवाह न्युनीकरणमा जोड दिएको बताउदै दिवाखाजा र छात्रावासका लागि आवश्यक तरकारी विद्यालयमै उत्पादन गर्ने अभ्यास शुरु भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागि धवलागिरी मावि मुना, वुद्धी विकास मावि मुदी, लमसुङ, हेम नमुना आवासीय मावि र ताकम माविका छ÷छ जना विद्यार्थीहरुले जनप्रतिनिधी र सरोकारवालाहरुलाई गाउँपालिकामा बालअधिकार सम्बन्धी कार्यक्रम, बालबिवाह न्युनीकरण, विपन्न विद्यार्थीको शिक्षामा पहुँच, शैक्षिक गुणस्तर लगायतका विषयमा जिज्ञाशा राखेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष पुन, सामाजिक विकास समितिका संयोजक रोका, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख सम्झना खाती, शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदी, महिला बालबालिका शाखाका पुष्पा दवाडी, ताकम प्रहरी चौकीका प्रमुख बिक्रम तिवारीले जिज्ञाशाको जवाफ दिनुभएको थियो ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित एकिकृत विकास परियोजनाको आयोजनामा भएको कार्यक्रममा रामबहादुर रावतले बालअधिकारको अवस्था, चुनौति र आवश्यकताको विषयमा सहजिकरण गर्नुभएको थियो ।

गुड नेवर्स इन्टरनेशनलको पर्वत कलष्टरका संयोजक रञ्जीतकुमार चौधरीले परियोजनाको बारेमा प्रकाश पार्दै स्वागत गर्नुभएको थियो । संगम म्याग्दीले सन् २०१३ देखि धवलागिरी गाउँपालिकामा एकिकृत विकास परियोजना सञ्चालन गर्दै आएका परियोजनाका जिविकोपार्जन अधिकृत अनुषा लामीछानेले बताउनुभयो । संगमले गल्र्स फस्ट फण्डको सहयोगमा धवलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरण सम्बन्धी छुट्टै अर्को कार्यक्रम पनि सञ्चालन गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...