जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको एथलेटिक्स तर्फ बेनी नगरपालिकाको अग्रता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनीमा बिहिबार देखि शुरु भएको ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन भएका एथलेटिक्स तर्फका खेलमा बेनी नगरपालिकाले अग्रता कायम गरेको छ ।

आठ स्वर्ण, छ रजत र दुई कास्य पदक सहित अग्रता कायम गरेको बेनी नगरपालिकालाई पाँच स्वर्ण, छ रजत र तीन कास्य पदक जितेको साविक बिजेता रघुगङ्गा गाउँपालिकाले पछ्याएको छ ।
एथलेटिक्स तर्फ दुई स्वर्ण, एक रजत र एक कास्य पदक जितेको अन्नपूर्ण गाउँपालिका छात्रा भलिबलमा तेस्रो हुदै कास्यमा एउटा पदक जोडेको छ । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिका छात्रा भलिबलको फाइनल प्रवेश गरेका छन् ।

छात्रतर्फको भलिबल खेलमा बेनी नगरपालिकाले रघुगङ्गा गाउँपालिकालाई सोझो तीन सेटमा पराजित गरेको छ । भलिबल, कवड्डी र एथलेटिक्सका बाँकी खेल सहित प्रतियोगिता शुक्रबार समापन गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

उहाँका अनुसार स्थानीय तहबाट छनौट भएका खेलाडीहरु मध्यबाट प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडी छनौटका लागि प्रदेश र संघीय सरकारले बजेट बिनियोजन नगरेपनि समितिले आफै स्रोत जुटाएर जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरेको हो ।
४२ वटा बिधामा चार सय ५० भन्दा बढी खेलाडीहरुबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव दानबहादुर राइले बताउनुभयो । प्रतियोगिताको ऊर्जा, जलस्रोत तथा सिँचाइ पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभएको हो ।

उहाँले खेलकुदले विद्यार्थीको मानसिक र शारिरिक रुपमा स्वस्थ बनाउनुका साथै अनुशासित बनाउन सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद प्रतिभाको पहिचान र विकासमा टेवा पु¥याउने उहाँको विश्वास थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगर प्रमुख सुरत केसी र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले खेल प्रतिभाको उजागर गर्न प्रतियोगिताले टेवा मिल्ने बताउनुभयो । बेनीको एउटा मात्र खेलमैदानलाई व्यवस्थित बनाउन संघ र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने उहाँहरुको भनाइ थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भाग लिनका लागि ९८ जना खेलाडी छनौंट हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समितिका सचिव नगेन्द्र मल्लले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...