
बेनी, । भ्रष्ट्राचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज म्याग्दी शाखाले मंगलबार बेनीमा प्रर्दशन गरेको छ ।
हरेक वर्षको डिसेम्बर ९ तारिकका दिन विश्वब्यापी रुपमा भ्रष्ट्राचार विरुद्ध अन्तराष्ट्रिय दिवस मनाउने गरिएको छ । शाखाका सभापति मुकुन्दप्रसाद आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडी रहेको बिरेन्द्रचोकमा बिरोध प्रर्दशन गरिएको हो ।

बिरेन्द्रचोकमा अपराहन्न ४ देखि ४ः१५ सम्म प्रर्दशन गरेकाहरुले भ्रष्ट पात्र र प्रवृतिलाई इतिहाँसले खारेवज गरिसक्यो, दण्डित गर्नु शुसानको माग हो, भ्रष्ट शिर्ष नेतालाई कारबाही खोई ? नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन ः सुशासनका लागि आर्थिक दण्डहिनता अन्त्य गर भन्ने प्ले कार्ड बोकेका थिए ।

शाखा सभापति आचार्यले शान्ति समाजको देवब्यापी कार्यक्रम अन्तर्गत प्रर्दशनमा सहभागीहरुलाई धन्यवाद दिदै बुधबार बेनी नगरपालिकाको सभाहलमा अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा कार्यपत्र प्रस्तुती र छलफल कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

