मालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङको उपाधी किसानी माविलाई

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः मालिका गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी किसानी मावि बिमले जितेको छ ।
११ स्वर्ण, चार रजत र पाँच कास्य सहित २० पदक जितेर किसानी मावि बिजयी भएको हो । नौ स्वर्ण, छ रजत र छ कास्य पदक जितेको जनप्रिय मावि दरवाङ दोस्रो भएको छ ।
तीन स्वर्ण, एक रजत र पाँच कास्य पदक जितेको राष्ट्रिय मावि रुम तेस्रो भएको मालिका गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो ।
प्रतियोगितामा बिजेताले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ५० हजार प्राप्त गरेको छ । द्वितीय र तृतीयले क्रमशः रु. ४० हजार तथा रु. ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मालिका गाउँपालिमा सञ्चालित १० वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विधाका ३० वटा खेलमा प्रतिस्पर्धा भएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बिजयी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्तीपुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । भिम माविले दुई स्वर्ण, दुई रजत र पाँच कास्य, गौबम बस्त माविले दुई स्वर्ण, नौ रजत र पाँच कास्य, के.वि. एकेडेमीले दुई स्वर्ण र तीन रजत पदक जितेको छ ।

Shreekrishna

अमर ज्योती माविले चार रजत, ओखरबोट माविले एक स्वर्ण र दुई कास्य, सिद्धार्थ माविले एक रजत र तीन कास्य पदक जितेको छ भने निस्कोट मावि पदक बिहिन बनेको छ । भलिबलको छात्रा÷छात्रामा राष्ट्रिय मावि, कवड्ीको छात्रमा जनप्रिय मावि र छात्रामा किसानी मावी बिजयी भएका छन् ।
एथलेटिक्सतर्फ किसानी मावि प्रथम, जनप्रिय मा.वि दृतीय र गौबम बस्त मावि तृतीय भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...