दरवाङमा आँखा उपचार केन्द्र

Gandaki Pardesh notice

बेनी,। म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा मंगलबार आँखा उपचार केन्द्र स्थापना भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले दरवाङमा केन्द्र स्थापना गरेर आँखा सम्बन्धी उपचार सेवा सुरु गरेको हो । दरवाङमा आँखा उपचार केन्द्र स्थापना भएपछि मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दालाई सुबिधा पुगेको छ ।

आँखा सम्बन्धी सामान्य समस्या हुँदा समेत बेनी, बागलुङ र पोखरा पुग्नुपर्ने समस्या हट्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सहकोषाध्यक्ष मोतिराज गौतमले जानकारी दिनुभयो । केन्द्रबाट आँखा परिक्षण, उपचारका साथै सुपथ मूल्यमा औषधी र चस्मा बितरण सम्बन्धी सुबिधा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरेर बिद्यालय र टोल टोलमा पुगेर आँखा परिक्षण, मोतिका बिन्दुका बिरामीको पहिचान र शल्यक्रियाको ब्यवस्था मिलाउछौ,” गौतमले भन्नुभयो “यसबाट म्याग्दीको पश्चिमी क्षेत्रका नागरिकलाई राहत मिल्ने अपेक्षा गरेका छौ ।”

५० रुपैयाँ सेवा शूल्क तोकिएको केन्द्रमा जेष्ठ नागरिकहरुका लागि निशूल्क नामदर्ताका साथै १ महिनाभित्र दोस्रो पटक आउने बिरामीलाई ५० प्रतिशत छुट दिने ब्यवस्था मिलाएको छ । म्याग्दीको पश्चिमी क्षेत्रको केन्द्र दरवाङमा पहिलो पटक आँखा उपचार केन्द्र खुलेको हो ।

आँखा सम्बन्धी समस्या भएका सो क्षेत्रका बिरामीहरु यसअघि हजारौ नगद र कम्तिमा दुई दिन समय खर्चेर बेनी, बागलुङ, पोखरा लगायत ठाउँमा पुग्ने गरेका थिए । बाहिर जान नसक्ने गरिब, विपन्न र अशक्तहरुले शिबिर कुरेर बस्नुपर्ने समस्या थियो । जिल्ला सदरमुकाम बेनीमा रेडक्रस सोसाइटीको साथै नेत्रज्योति संघ र बेनी अस्पतालले पनि आँखा उपचार सेवा दिइरहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...