कार्यालय भवन बनेको दशकपछि बाटोको निकास

Gandaki Ghumau

म्याग्दी ः सामाजिक विकास कार्यालय, म्याग्दीको कार्यालय रहेको भवन निर्माण भएको एक दशकपछि त्यहाँ पुग्ने बाटोको निकास भएको छ ।

वि.स. २०७२ मा निर्माण भएको तत्कालीन महिला तथा बालबालिका कार्यालय रहेको भवनमा पछिल्लो पाँच वर्षयता गण्डकी प्रदेश सरकार मातहतको सामाजिक विकास कार्यालय सञ्चालन हुदै आएको थियो ।

महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई सेवा दिने र उनिहरु लक्षित कार्यक्रम सञ्चालन गर्ने कार्यालय पुग्न प्रयोग गर्ने बाटो अपाङ्गमैत्री थिएन् । व्यक्तिगत जग्गाको बाटो भएर कार्यालय पुग्नुपर्ने समस्या थियो ।

Shreekrishna
Gunasthariya Shiksya

भवन पछाडीको पाखोमा पर्खाल निर्माण गरेर मुल सडक जोड्ने बाटो निर्माण गरेको कार्यालय प्रमुख तारानाथ सुवेदीले बताउनुभयो । “व्यक्तिले बाटो नदिएको अवस्थामा कार्यालयमा सेवाग्राही त के कर्मचारी पनि आउन नसक्ने अवस्था थियो,” उहाँले भन्नुभयो “मुख्य सडक देखि कार्यालय भवनसम्म बैशाखी टेकेर, ह्वीलचियरमा समेत सहजै आउन मिल्ने गरी अपाङ्गमैत्री बाटो बनाइएको हो ।”

रु. १५ लाख ७५ हजार खर्चेर ४० मिटर लामो र कम्तीमा चार मिटर फराकिलो ढलान गरेको बाटो निर्माण भएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । कार्यालय भवनको पछाडीपट्टि रहेको भिरालो पाखोमा पर्खाल बनाएर उकासेर फराकिलो बनाई त्यसमाथी ढलान गरिएको छ । डिलतर्फ रेलिङ राखिएको छ । प्रवेशद्धार पनि निर्माण भएको छ । बाटोमा पैदलयात्राका साथै जिप, मोटरसाइकल र स्कुटर हिडाउन सकिन्छ ।

उक्त भवनको भुईतलामा प्रौढ उमेर समुहकाले अध्ययन गर्ने उज्यालो बैकल्पिक विद्यालय छ । विद्यालयमा करिब ५० जना विद्यार्थी अध्ययरत छन् । पहिलो तलामा रहेको कार्यालय प्रमुख र अन्य शाखाको कार्यकक्ष सम्म झ¥याङ चढेर पुग्न नसक्ने अपाङ्गता भएकाहरुको लागि भुइँतलामा रहेको सहायता कक्षमा आएर सेवा दिने ब्यवस्था मिलाइएको छ । कार्यालयमा हालैमात्र स्तनपान कक्ष पनि स्थापना भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...