ताकममा अस्पताल बनाउने निर्णय गर्दै सकियो धवलागिरीको हिउँदे गाउँसभा

Gandaki Pardesh notice

बेनी,। ताकममा पाँच शैया क्षमताको अस्पताल बनाउने सर्बसम्मत निर्णय गर्दै धवलागिरी गाउँपालिकाको हिउँदे गाउँसभा मंगलबार सकिएको छ ।

सोमबारदेखि गाउँपालिकाको कार्यालय रहेको मुनामा सुरु भएको सभा वडा न. ७ मा पर्ने ताकममा ५ शैया क्षमताको अस्पताल स्थापना गर्ने सर्बसम्मत निर्णय गर्दै सकिएको हो । यसअघि सोमबार गाउँपालिकाको कार्यालय भएकै ठाउँ मुनाबाट शाखा कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

वडा न. ३ को सातमुलेमा गाउँपालिकाको स्थायी केन्द्र कायम गरेको २०७४ साउन २५ गतेको गाउँसभाले अन्य बिषयगत शाखा कार्यालय वडा न. ७ र ३ बाट सञ्चालन गर्ने तथा वडा न. ७ मा पर्ने धारापानीमा १५ शैयाँ क्षमताको अस्पताल निर्णय गरेको थियो ।

Shreekrishna hardwear in news

तीन वर्षअघिको निर्णय संसोधन भएपछि ताकममा अस्पताल बनाउने, शाखा कार्यालय एकिकृत गर्ने कानुनी बाटो खुलेको छ । यसअघि अस्पताल बनाउने भनिएको धारापानीमा स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय पनि भएको छ । धारापानीका बासिन्दाको माग अनुसार साबिक ताकम गाबिसको १ र २ नम्बर वडामा पर्ने धारापानीलाई छुट्टै वडा कायम गर्न प्रक्रिया अघि बढाउने निर्णय समेत भएको छ ।

शाखा कार्यालयहरु एकै ठाउँमा नहुँदा र छरिदा नागरिकलाई सेवा प्राप्त गर्न सास्ति, झञ्जट र दुःख भएको भन्दै गाउँसभामा कार्यालय एकिकृत गर्ने प्रस्ताब प्रस्तुत गरिएको थियो । वडा न. १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्याल प्रस्ताबक रहनुभएको उक्त प्रस्ताबमा गाउँसभाका ३७ मध्य २२ जनाले पक्षमा मतदान गरेपछि बहुमतको आधारमा पारित भएको हो ।

सो प्रस्ताबमा अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तावमा तटस्थ बस्नुभएको थियो । १ जना गाउँसभा सदस्य सभामा सहभागि हुनुभएको थिएन् । सभाको निर्णयसँगै हाल ताकमबाट सञ्चालित स्वास्थ्य, कृषि र पशु सेवा तथा शिवाङमा राखिएको शिक्षा शाखा हाल गाउँपालिकाको अस्थाई कार्यालय रहेको मुनाबाटै सचालन हुने भएका छन् ।

Bhautik ministry notice about road

ताकममा ५ शैयाको अस्पताल स्थापना गर्ने प्रस्ताव पारित गर्नका लागि सभाका सदस्यहरुले शाखा कार्यालय एकिकृत गर्ने निर्णय कार्यान्वयनमा सघाउने ताकमका जनप्रतिनिधिको प्रतिवद्धताको सर्त राखेपछि मंगलबार सम्मका लागि सभा स्थगित भएको थियो ।

स्थायी केन्द्र कायम गर्ने क्रममा गाउँसभाले धारापानीमा १५ शैयाको अस्पताल बनाउने निर्णय गरेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ताकममा अस्पताल बनाउने ठाउँ छनौट गरेपछि बिवाद उत्पन्न भएको थियो ।

ठाउँको बिवादले मंसिर १५ गतेलाई तय गरिएको अस्पताल शिलन्यास गर्ने कार्यक्रम रोकिएपछि सेवा केन्द्र एकिकृत र ताकममा अस्पताल बनाउने बिषयमा सर्बपक्षीय बैठकको सुझावका आधारमा गाउँसभाबाट निर्णय गरिएको हो ।

अध्यक्ष थमसरा पुनले सर्वोच्च अदालतमा बिचाराधिन रहेको गाउँपालिकाको स्थायी केन्द्रको बिवादलाई थाति राखेर नागरिकलाई एकै ठाउँबाट सहज हिसाबले सेवा उपलब्ध गराउन शाखा कार्यालय एकिकृत गर्न लागिएको बताउनुभयो ।

“यसअघिको त्रुटिपुर्ण निर्णयका कारण गाउँपालिकाको कार्यालय र शाखा कार्यालय एकै ठाउँमा नहुँदा नागरिकलाई सास्ति भएको महशुस गरेर निर्णय सच्चाएका हौ,” अध्यक्ष पुनले भन्नुभयो “धारापानीबासीलाई पायक पर्ने ठाउँबाट सहज रुपमा स्वास्थ्य सेवा उपभोग गर्ने ब्यवस्था मिलाउन स्वास्थ्य चौकी स्थापना गर्ने र ताकममा ५ शैया क्षमताको अस्पताल बनाउन लागिएको छ ।”

बजेट संसोधन गर्ने प्रस्ताव भने सर्बसहमतिले पारित गरेको छ । सभामा प्रस्तुत गरिएका प्रस्तावका बिषयमा जनप्रतिनिधिहरुको राय र मत बाझिएपनि मत बिभाजन गरेर निर्णय लिइएको हो । वडा न. १ गुर्जा, २ लुलाङ, ३ मुना र ४ मुदीका जनप्रतिनिधिहरुले शाखा कार्यालय गाउँपालिका भएकै ठाउँबाट सञ्चालन गर्नुपर्ने मत राखेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...