गुर्जा समाज काठमाडौंले बेलीबृज बनाउन १० लाख सहयोग गर्ने

Gandaki Ghumau

बेनी । गुर्जा समाज काठमाडौंले धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने निर्माणाधिन सडकको कम्जाखानी खोलामा बेलिब्रिज जडान गर्न रु. १० लाख सहयोग गर्ने भएको छ ।

गुर्जा घर भई हाल काठमाडौमा बसोबास गर्नेहरुले १० वर्षअघि स्थापना गरेको संस्थाका अध्यक्ष लिलमाया छन्त्यालको अध्यक्षतामा मंगलबार काठमाडौमा बसेको समाजको बैठकले सहयोग गर्ने निर्णय गरेको हो ।

Gunasthariya Shiksya

धवलागिरी गाउँपालिका वडा नं १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालको प्रस्ताव बमोजिम निर्माणधिन लुलाङ्ग –गुर्जा मोटर बाटो अन्तर्गत गुर्जाको खम्जाखानी खोलामा निर्माण हुने वेलिवृज पुलको लागि गुर्जा समाज काठमाडौंले रु दश लाख सहयोग गर्ने समाजका अगुवा दिपबहादुर छन्त्यालले जानकारी दिनु भएको छ ।

Shreekrishna

उक्त मोटर बाटो निर्माणको लागि समाजले गतवर्ष नै १० लाख सहयोग गर्ने गरी संस्थापक अध्यक्ष समप्रसाद छन्त्यालको नेतृत्वमा पाँच सदस्यीय समन्वय उपसमिति गठन गरिएको थियो ।
सहयोग रकम उपयोग गर्नका लागि गुर्जाको वडा अध्यक्षसंग समन्वय र आवश्यक छलफल गर्दा यसवर्ष पनि सो बाटोको लागि केन्द्र र प्रदेश सरकारबाट प्रयाप्त बजेट विनियोजन भएकोले त्यसका लागि खर्च गर्नु भन्दा गुर्जालाई जोड्ने एकमात्र कम्जाखानी खोलामा पुल हाल्नु पर्ने र सो को लागि बजेट विनियोजन नभएको हुँदा आवशयक पर्ने बजेटका लागि स्थानिय सरकारसंग माग गर्ने परिस्थिति भएकाले गुर्जा समाज काठमाडौंले पनि उक्त वेलिवृजका लागि सहयोग गर्न अनुरोध सहितको प्रस्ताव आएकोले सोहि बमोजिम सहयोग गर्ने निर्णय गरिएको हो ।

१० वर्ष पहिले स्थापित यस समाजले आपत विपत पर्दा सदस्यहरुलाई मानविय सहयोग गर्दै आएको छ भने सामाजिक योगदान अन्तर्गत धवलागिरी गाउँपालिका समाज काठमाडौंलाई विभिन्न समयमा खेलिएको देउसी भैलोमा रु. दुई लाख ३६ हजार तथा नेपाल छन्त्याल संघलाई एक सय थान कुर्ची प्रदान गरेको छ । यस समाजले गुर्जाको कला, संस्कृतिको जर्गेना गर्नका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसवर्ष गुर्जाको चिनारी गीत रेकर्ड गर्ने कार्य भई रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...