जेसीज कपको दोस्रो दिन ६ खेल

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः बेनीमा जारी २३ आँै अन्तर मा.वि. जेसिजकप फुटवल प्रतियोगिताको दोस्रो दिन बुधबार छ वटा खेल सकिएका छन् ।
म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा गलेश्वर मावि तोरीपानीलाई केवी एकेडेमीले एकका विरुद्ध सात गोल गरेको छ । सारदा माविलाई बेनी बोर्डिङले एकका विरुद्ध तीन गोल गरेको छ ।
प्रकाश मावि र लिटल गार्डेन एकेडेमीबीच भएको खेलमा निर्धारित समयमा एक÷एक गोल भएको थियो । पेनाल्टी सुटआउटमा लिटल गार्डेनले प्रकाश माविलाई १२ का विरुद्ध १३ गोल गरेको छ ।
निस्कोट माविले जामुनाखर्क माविलाई शून्यका विरुद्ध एक गोल, वुद्ध एकेडेमीलाई माउन्ट एभरेष्ट आवासीय माविलाई शून्यका विरुद्ध छ गोल गरेको छ । बेनी सामुदायिक माविले जनप्रिय माविलाई शून्यका विरुद्ध दुई गोल गरेको छ ।
दोस्रो दिनको प्रतियोगितामा केवी एकेडेमीका खिमबहादुर थापा, बेनी बोडिङका रोहित बुढा, लिटल गार्डेनका सुनिल पुन, निस्कोट माविका निरज पुन, माउन्ट एभरेष्टका एन्जल थजाली पुन र सामुदायिक माविका सन्दिप फगामी म्यान अफ द म्याच घोषित भएका छन् ।
बेनीको खुल्लामञ्च खेलमैदानमा मंगलबारदेखि शुरु भएको प्रतियोगितामा १९ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिता मंसिर १३ गतेसम्म सञ्चालन हुनेछ । बिजेताले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु. ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक तथा म्याग्दी जेसिजका कोषाध्यक्ष नविन पौडेलले बताउनुभयो ।
उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, राइजीङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगदरु २ हजार पाँच सयसहित ट्रफिद्धारा पुरस्कृत गरिने छ ।
त्यस्तै, अनुसासित टिम र सेमिफाइनल पुग्ने दुई टिमलाई नगद रु ५ हजार सहित सहित सम्मान गरिने छ । प्रतियोगिता सञ्चालनको लागि एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको छ भने गंगा जिसी फाउण्डेसन र प्रभु बैँक सहप्रायोजकको रुपमा रहेका म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद जिसीले बताउनुभयो । कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने जेसीज कप फुटवल म्याग्दीमा विद्यालय तहमा प्रतिस्पर्धा हुने लोकप्रिय छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...