बेनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

Gandaki Ghumau

बेनी। बेनी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

अभियानको पहिलो दिन मंगलबार बेनी बजारमा लैगिंक हिंसा विरुद्धको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभातफेरी गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्रचोकबाट शुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै पुन सोही ठाउँमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा, नगर कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ लगायत जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थीहरुको सहभागिता थियो ।

Shreekrishna
Gunasthariya Shiksya

यस वर्षको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको नारा ‘प्रविधिको सही प्रयोग गरौ, लैगिंक हिंसाको अन्त्य गरौ’ भन्ने रहेको छ । सूचना प्रविधिको प्रयोगबाट हुने लैगिंक हिंसा न्युनीकरणमा जोड दिइएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । बेनी नगरपालिकामा पनि १६ दिनसम्म विभिन्न सचेतनामुलक कार्यक्रम गरेर दिवस मनाइने योजना अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...