
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–२ रुममा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
रुमको लालीगुराँस युवा क्लवको सहयोग र दरवाङमा रहेको गौतम फार्मेसीको आयोजनामा शनिबार सम्पन्न शिविरमा एक सय ५० जना लाभान्वित भएका छन् । ३५ जनाको भिडियो एक्सरे, १५ जनाको इसिजी र २० जनाको सुगर परिक्षण गरिएको गौतम फार्मेसीका सञ्चालक थमन गौतमले जानकारी दिनुभयो ।



निशूूल्क स्वास्थ्य परिक्षण, परामर्श र औषधी वितरण सम्बन्धी सेवा दिइएको थियो । डा. बिजय बस्नेत, डा. धिरेन भण्डारी, ल्याब टेक्नीसियन अर्जुुन पाण्डे, स्टाफ नर्स पुुष्पा सुवेदी र फार्मेसीका सञ्चालक थमन गौतमले सेवा दिनुभएको थियो ।
कार्यक्रममा मालिका गाउँपालिका २ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी, लालिगुराँस युवा क्लवका अध्यक्ष सागर पर्टेल, रुम स्वास्थ्य चौकीका प्रमुख हिमाल घर्ती, स्थानीय भरत रोका र इलाका प्रहरी कार्यालय दरवाङका वरिष्ट प्रहरी नायव निरीक्षक नवराज पौडेलको उपस्थिति थियो ।

