गलेश्वर आएर पुर्वराज्यमन्त्री गर्बुजाले भने- अन्तरिम सरकारले नदी नियन्त्रण सहितका ४२ करोडका आयोजना कटौती गर्यो

Gandaki Ghumau

गलेश्वर, । पुर्व उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले अन्तररिम सरकारले केही नदी नियन्त्रण सहित रु. ४२ करोड बढीका आयोजना कटौती गरेको बताउनुभएको छ ।
गलेश्वर शिव युवा क्लव, गलेश्वरधाम आमा समूह र गलेश्वर बजार टोल विकास संस्थाको आयोजनामा बिहिबारदेखि सुरु भएको बालाचर्तुदशी मेला–२०८२ को उद्घाटन गर्दै निवर्तमान सांसद समेत रहेका गर्बुजाले आफुले बजेट बिनियोजन गरेको योजनाका बजेट काटिएकाले त्यसलाई कायम गराउन छलफल र पहल गरिरहेको बताउनुभयो ।
“सांसद सँगै राज्यमन्त्री हुँदा छोटो समयमा पनि मैले जिल्लाको विकासका लागि ठुलो बजेट ल्याउन सफल भएको थिएँ,” नेपाली काँग्रेस म्याग्दीका सभापति समेत रहेका गर्बुजाले भन्नुभयो “वर्तमान सरकारले केहि नदी नियन्त्रण योजना सहित ४२ करोड बढीका आयोजना कटौती गरेकाले कटौती नगर्न छलफल र पहल गरिरहेको छु ।”
आफु सांसद र छोटो कार्यकाल राज्यमन्त्री हुँदा जिल्लामा साढे एक अर्बको बजेट भित्र्याएको बताउनुभयो । वडा अध्यक्ष चक्रबहादुर केसीले वडा भित्र भएका विकास निर्माणका बारेमा जानकारी गराउनुभयो । उहाँले गलेश्वर बजारलाई व्यवस्थित र सुन्दर बनाउन वडाले विभिन्न काम गरिहेको बताउनुभयो ।
कार्यक्रममा गलेश्वरधाम शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, क्लब र बजार टोल विकास संस्थाका सल्लाहकार बालकुमार लामिछाने लगायतले मेलाको सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । पुरानो र ऐतिहासिक बाला चतुर्दशी मेलाको प्रवद्र्धन र खेलक्षेत्र विकास गर्ने उद्धेश्यले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लब अध्यक्ष अमित पुनले बताउनुभयो ।
उहाँले प्रतियोगितालाई आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आजदेखि सुरु भएको पुरानो मेलालाई शान्तिपुर्ण भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल गर्नुभयो । मेला संयोजक तथा टोल विकास संस्था सदस्य लोकेन्द्र खड्काले संचालन गर्नुभएको उद्घाटन समारोहमा गलेश्वरधाम आमा समुह अध्यक्ष फुलकुमारी रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो । उद्घाटन समारोहमा विभिन्न आमा समुह, संघ संस्था र क्लबका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
उद्घाटन समारोहमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी, गलेश्वर धाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, समाजसेवी रबिन्द कार्की, वडा नम्बर ८का वडा सदस्य हिरबहादुर पुन, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ, जिल्ला बास्केटबल संघका अध्यक्ष एकिन पुर्जा, सोही वडा भित्र रहेको जनहित युथ क्लबका अध्यक्ष विपिन चोखाल, काउले गौडा युवा क्लब अध्यक्ष नगेन्द्र बस्नेत स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो ।
मेला संयोजक खड्काका अनुसार, वडा स्तरिय पुरुष बास्केटबल, प्रौढ भलिबल, महिला भलिबल, पुरुष भलिबल प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता समेत संचालन हुने छन् । बिहिबारदेखी टिम दर्ताका लागि खुल्ला गरिएको छ ।
क्लव सचिव बचन पुनका अनुसार, प्रतियोगितामा कुनै वडामा राष्ट्रियस्तरका खेलाडी भएमा एक जना राष्ट्रियस्तर खेलाडीको समेत समाबेश गर्न पाइनेछ । मेलालाई सफल बनाउन सह–आयोजक गलेश्वर आमा समुह, गलेश्वर टोल विकास संस्था लगायतका उप समिति गठन गरिएको छ ।
प्रतियोगितामा भलिबलको पुरुष तर्फ प्रथम पुरस्कार १,०१,१११ हजार, द्धितिय ५१,१११ हजार, महिला भलिबलतर्फ प्रथम ५१,१११ हजार, द्धितिय ३०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र त्यसैगरी पुरुष बास्केटबल प्रथम ७५,१११ हजार र द्धितिय ४०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र रहेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...