खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन म्याग्दीमा ई–हाजिरी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले ई–हाजिरी सुरु गरेको छ ।
गण्डकी प्रदेश सरकार मातहतको उक्त कार्यालयले पुस्तिकामा हस्ताक्षर गर्ने पुरानो चलन हटाएर पूर्ण रुपमा विद्युतीय हाँजिरी प्रणाली सुरु गरेको हो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले सबै कर्मचारीहरुको विवरण सफ्टवेयर र उपकरणमा लिंक गरेर ई–हाँजिरी सुरु गरिएको जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“कर्मचारीहरुको नियमितता र व्यवस्थित परिचालनका लागि पूर्ण रुपमा आधुनिक प्रबिधी अपनाएका छौ,” उहाँले भन्नुभयो “हाँजिर गर्नका लागि कर्मचारी कार्यालयमा उपस्थित हुनुपर्छ ।” विदा माग्नका लागि एनड्रोइड फोन मार्फत अनलाइनबाट कार्यालय प्रमुखलाई निवेदन पठाउन र स्विकृत गर्ने व्यवस्था रहेको छ ।

कार्यालयका कुन कर्मचारी आएका छन, छैनन, काजमा कुन ठाउँमा फिल्ड गएका छन, विदामा को को छन भन्ने सम्पूर्ण जानकारी कम्युटरको सफ्टवेयरमा हेर्न सकिने ओझाले बताउनुभयो । मासिक रुपमा सफ्टवेयरबाटै हाँजिरी विवरण प्रिन्ट गरेर पुस्तिकामा राख्ने र प्रमाणीत गरेर तलब, भक्ता भुक्तानी गरिने उहाँले बताउनुभयो । ई–हाँजिरीका लागि कार्यालयका कम्प्युटर अपरेटर मोतीलाल बरामीलाई फोकल पर्सन तोकिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...