मच्छिमको तामाखानी उत्खनन्का लागि अध्ययन शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

ताकम ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खनन्का लागि अध्ययन थालिएको छ ।

खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम÷एस दोङयी मिनरल्स प्रा.ली.ले तामाखानीको खोजतलास तथा उत्खन्न्को लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् ।

धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरुको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएका बताउनुभयो । “गत हप्ता आएको टोलीले पहिलो चरणमा तामाखानी भएको ठाउँको निरिक्षण गरेका थिए,” उहाँले भन्नुभयो “टोलीले खानी भएको ठाउँसम्म जाने पहुँचमार्ग निर्माणका लागि पनि छलफल गरेका छन् ।”

Shreekrishna

खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खनन्को प्रक्रीया अघि बढाइने वडा अध्यक्ष खत्रीले बताउनुभयो । स्थानीयबासीहरुले खानी उत्खनन्का लागि अध्ययन थालिएकोमा खुसी व्यक्त गरेका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार मच्छिमको खानीबाट वि.स. २०२८ सम्म स्थानीय प्रबिधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो ।

प्रविधिको अभाव र आम्दानी भन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताउनुभयो । तामा खानी उत्खनन्का लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ति बसाएका इतिहाँस छ । छन्त्याल समुदायको पुख्यौली पेशा खानी खन्ने हो ।

त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्न सकिन्छ । तामाखानीको सुरुङ छन् । स्थानीयबासीहरुले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्वल र तातोपानीका मुहानहरु (हटस्पीङ) पाइन्छन । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...