बजारबाट गाउँ फर्किएर तरकारी खेतीमा रमाएका मल्लाजका कमलप्रसाद

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारी खेती गरेर हराभरा बनाउनुभएको छ ।

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढीरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यवसायिक तरकारी खेती सुरु गर्नुभएको हो ।
“वि.स. २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेका थियौ,” उहाँले भन्नुभयो “२० वर्ष बेनीमा ब्यवसाय गरे । करिब १२ वर्ष भारत र नेपालकै विभिन्न सहरमा नोकरी गरे । सोचेजस्तो सफलता हात नपरेपछि फेरी गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हो ।”
तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थापन गर्नुभएको छ । गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती गरेर हराभरा भएको छ ।

सडक, यातायात, सिचाई र बजारको सुविधा भएकाले तरकारी खेतीमा पौडेलले सम्भावना देख्नुभएको छ । बारीकै छेउको सडक भएर गुड्ने गाडीले तरकारी ढुवानी गरेर म्याग्दीको सदरमुकाम बेनीमा झार्छ । बेनीबाट मुस्ताङ सम्म तरकारी बिक्री हुन्छ । बजारको समस्या नभएको पौडेलले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

खेती गर्न छाडेपछि पुख्यौली जग्गा उपभोग विहिन भएको थियो । “५० को दशकमा गाउँ छाड्ने लहरनै चलको थियो, त्यही लहरमा हामी पनि बजार झ¥यौ,” उहाँले भन्नुभयो “बजारमा दुःख सुख गरेर छोराछोरी पढाए, दुई जना छोरा सरकारी जागिरे छन, छोरी विदेशमा छिन् । खेर गएको जग्गा सदुपयोग गर्न तीन दशकपछि गाउँ फर्किएका हौ ।”

बजारमा बस्न थालेपछि पौडेलको पुरानो घर भत्किएको थियो । जन्मथलो फर्किएपछि उहाँले बस्नको लागि सामान्य घर निर्माण गर्नुभएको छ । साना साना पाखोबारीका पोहोटालाई पर्खाल लगाएर सम्माई गह बनाउनुभएको छ ।

मेहनत र परिश्रम गर्ने हो भने गाउँमा पनि अवसर र सम्भावना भएको सन्देश पौडेलले दिनुभएका उहाँका छिमेकी गोपाल आचार्यले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको मल्लाज पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्छ ।

फरक जिल्ला भएपनि प्रशासनिक बाहेक मल्लाजको सामाजिक, आर्थिक, ब्यापारिक सम्बन्ध म्याग्दीसँग धेरै छ । वि.स. २०४६ देखि सुरु भएको बृहत मल्लाज सिचाई आयोजना वि.स. २०७४ मा सम्पन्न भएपछि यहाँका किसानलाई सहज भएको छ । त्यसअघि सिचाईको असुविधाले गर्दा किसानलाई खेती बाली लगाउन समस्या थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...