
बेनी । अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा नारच्याङ आधारभूत विद्यालय गाडपारले दुई स्वर्ण सहित पाँच पदक जितेको छ ।
कक्षा ८ का छात्र अनुज तिलिजाले दुई स्वर्ण, कक्षा ७ की हिमाली बुढाले दुई रजत र एक कास्य पदक दिलाउनुभएको हो । नागीमा आइतबार सम्पन्न प्रतियोगितामा अनुजले लङजम्प र एक सय मिटर दौडको छात्रतर्फ स्वर्ण पदक दिलाउनुभएको विद्यालयका शिक्षक क्षेत्रदास बैरागीले बताउनुभयो ।

यसैगरी हिमालीले छात्रातर्फको लङजम्प र हाइजम्पमा रजत तथा एक सय मिटर दौडमा कास्य पदक दिलाउनुभएको प्रअ सुकबहादुर गर्बुजाले बताउनुभयो । १२ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा नारच्याङ आधारभूत छैटौ स्थान हाँसिल गरेको छ ।



