प्रतिनिधीसभा पुर्नस्थापनाको माग गर्दै एमाले म्याग्दीको जनसभा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः प्रतिनिधीसभा पुर्नस्थापनाको मुख्य राख राख्दै नेकपा एमाले म्याग्दीले शनिवार बेनीमा सद्भाव ¥याली तथा जनसभा गरेको छ ।

राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा पनि जिल्ला कमिटीद्वारा ¥यालीसहित जनसभा गरिएको हो । वीरेन्द्रचोकबाट सुरु भएको सद्भाव ¥याली तथा जनसभा हुलाकचोक, न्यूरोड, क्याम्पसचोक, हस्पिटलचोक, गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक हुँदै पुनः वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै एमालेका नेताहरुले वर्तमान सन्दर्भमा देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउनका लागि राजनीतिक दलहरुबीच सहकार्यको आवश्यकता औंल्याएका छन् । नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले प्रतिनिधीसभा पुनस्थापना गरेर जेनजी आन्दोलनको पुरा गर्न सकिने बताउनुभयो ।

Shreekrishna

प्रधानमन्त्री सुशीला कार्की आफू प्रधानन्यायाधीश हुँदा अदालतबाट नै दलीयकरणको राजनीति सुरुवात गरेकाले अहिले शिक्षकले राजनीति गर्नुहुँदैन, संघ सङ्गठन बनाउनुहुँदैन भन्नु गलत रहेको बताउनुभयो । वर्तमान सरकारले अहिलेको अवस्थामा चुनाव गराउन सक्ने कुनै पनि छाँटकाँट नदेखिएको भन्दै उहाँले गएको भदौ २३ र २४ गतेको जेन–जी समूहको आन्दोलनका क्रममा लुटिएका १२ सय हातहतियारहरु अझै फिर्ता नभएको बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

एमाले केन्द्रीय सदस्य नरदेवी पुनले नेकपा एमालेले सधैँ राष्ट्रियताको पक्षमा आफ्नो आवाज बुलन्द पार्दै आइरहेको बताउनुभयो । उहाँले देशले हरेको भूमि हाम्रो भनेर तत्कालीन एमाले नेतृत्वको सरकारले सबै राजनीतिक दलहरुलाई सहमत गराएर चुच्चे नक्सा जारी गरेको बताउनुभयो । उहाँले भदौ २४ गतेको बिध्वशको छानविन गरि दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले वर्तमान परिस्थितिमा एमाले संविधानको रक्षाका लागि साङ्केतिक रुपमा जनतासमक्ष ओर्लिएको बताउनुभयो । उहाँले नेपालको इतिहासमा पहिलोपटक जनताले बनाएको संविधानको बर्खिलापमा जाने जो कोहीका विरुद्धमा संघर्ष गर्न र संविधानको रक्षा गर्न एमाले देशव्यापी रुपमा सडकमा आएको जानकारी दिनुभयो । जनताले लडेर ल्याएको व्यवस्था र संविधान जोगाउन एमाले सधैँ डटेर लागिपर्ने उहाँको भनाइ छ ।

एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वर्तमान अवस्थामा देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै राजनीतिक दल तथा जेनजी समूहलगायत सबै एकापसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । (अनेरास्ववियु)का पूर्व केन्द्रीय सचिव प्रकाश पौडेलले जेनजी समूहको नाममा हिंसा भड्काएर विध्वंश मच्चाउने अपराधीहरुलाई छानबिन गरेर कारवाही गर्न माग गर्नुभयो । कोणसभा कार्यक्रमको सञ्चालन एमाले म्याग्दीका सचिव थमसरा पुनले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...