भकिम्लीका मिमबहादुरको उपचारका लागि रु. १२ लाख सहयोग

Gandaki Ghumau

बेनी, ः बेनी नगरपालिका–३ भकिम्लीका एक जना कलेजो सम्बन्धी बिरामीको उपचारका लागि रु. १२ लाख सहयोग गरिएको छ ।

‘लिभर क्रोहोसिस’ सम्बन्धी समस्याबाट थलिएका ४० वर्षीय मिमबहादुर श्रीसको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीहरुले उक्त रकम सहयोग गरेका हुन् ।

Gunasthariya Shiksya

गत भदौ महिनादेखि सञ्चालन भएको अभियान मार्फत संकलन भएको रु. १२ लाख दुई हजार चार सय १२ बिहिबार मिमबहादुरलाई हस्तान्तरण गरिएको बेनी नगरपालिका–३ का अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

Shreekrishna

विगत १० वर्षदेखि बिरामी परेका मिमबहादुरको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि सहयोग जुटाइएको उहाँले बताउनुभयो । मिमबहादुरको पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

मिमबहादुरकी बहिनी दिया पुनले वडा कार्यालयको सिफारिसमा सहयोगको अपिल गर्नुभएको थियो । भकिम्लीका तारामिलन छन्त्याल, प्रकाश क्षेत्री, शेरबहादुर छन्त्याल, चित्र पुन, रेशम काउचा, रन्जिता पुन घर्ति, मिलन घर्ति लगायतका व्यक्तिहरुले प्रवासमा सहयोग जुटाउन समन्वय गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...