हुलाक सेवालाई प्रविधिमैत्री बनाउन सुझाव

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । हुलाक कार्यालयलाई समयानुकूल परिमार्जन गर्दै चुस्त, छरितो, प्रविधिमैत्री तथा विश्वसनीय बनाउनुपर्ने म्याग्दीका सरोकारवालाले सुझाएका छन् ।

हुलाक सेवा विभागले म्याग्दीका स्थानीय तहका जनप्रतिनिधीसँग आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा सिमित स्रोतसाधन, जनशक्तीका कारण समस्या झेल्दै आएको हुलाकलाई प्रयाप्त स्रोतसाधन सहित आधुनिक सेवामार्फत सेवाग्राहीलाई आर्कषित गर्नुपर्ने बताइएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जिल्ला समन्वय समितिकी कार्यबहाक प्रमुख दिलकुमारी खत्रीले हुलाकको महत्व तथा प्रयोगलाई बढाउन स्रोतसाधनको आवश्यकता रहेको बताउनुभयो । हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले स्मार्ट हुलाकका लागि सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो ।

Shreekrishna

सोही अवसरमा आमसर्वसाधारणको पहुँचसम्म हुलाक सेवा पु¥याउन जिल्ला हुलाक कार्यालय म्याग्दीले १० बँुदे घोषणापत्र जारी गरेको थियो । म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकाय, निजी संघसंस्था, विद्यालय, वित्तीय संस्था सहितको उपस्थितीमा भएको कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक लिलाराम पौडेलले हुलाक सेवाको परिचय र वर्तमान स्वरुप, विभागका शाखा अधिकृत शालिकराम बस्यालले हुलाक सेवाको विविध सेवा सम्बन्धी प्रस्तुती, जिल्ला हुलाक कार्यालयका प्रमुख थापाले म्याग्दी हुलाकको प्रगति तथा सेवा सम्बन्धि, महानिर्देशक भट्टराइले हुलाक सेवाको रुपान्तरण र यसको भविस्य सम्बन्धि प्रस्तुती गर्नुभएको थियो ।

म्याग्दीको हुलाक कार्यालयले रुपान्तरित सेवा अन्तरगत इ–कमर्सको अवधारणाको प्रयोगसँगै चिठीपत्र बाहेक खाद्यान्न साम्रागी लत्ताकपडा, मोबाइल, औषधि लगायतका मालसामान पठाउने गरेको छ । म्याग्दीमा पाँचवटा पालिकास्तरीय हुलाक र अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी १ र हल्कारा २६ जना कार्यरत छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...