क्यान म्याग्दीको आठौं साधारण सभा सम्पन्न

Gandaki Ghumau

बेनी, । ​कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा म्याग्दीको आठौं वार्षिक साधारण सभा आज बेनी मा सम्पन्न भएको छ।

साधारण सभाले सूचना प्रविधिको पहुँच विस्तार र व्यवसायिक हकहित संरक्षणका लागि संघीय र प्रादेशिक समन्वयलाई थप मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेको छ। ​साधारण सभामा क्यान महासंघ नेपालका केन्द्रीय सदस्य खड्कबहादुर गुरुङले प्रमुख अतिथिको आसनबाट बोल्दै म्याग्दी जस्तो क्षेत्रमा प्रविधिको विकासमा क्यानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

उहाँले स्थानीय तहमा सूचना प्रविधि क्षेत्रले भोगेका समस्या समाधानका लागि केन्द्रले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ​त्यस्तै, क्यान गण्डकी प्रदेशका उपाध्यक्ष वामदेव रिजालले प्रादेशिक संरचनालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै व्यवसायिक हकहितका लागि प्रदेश समितिले सहकार्य गर्ने बताउनुभयो।

Shreekrishna
Gunasthariya Shiksya

निवर्तमान अध्यक्ष लालबहादुर काकीले संस्थाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए। ​प्रतिवेदनमा क्यान म्याग्दीले कम्प्युटर तथा सूचना प्रविधिसँग जोडिएका व्यवसायीको हकहितको वकालत गर्ने, हाल भएका सदस्यमा ५० नयाँ सदस्य थप गर्ने र तालिम तथा सीप प्रदान गरी दक्ष नागरिक उत्पादन गर्ने मूल उद्देश्यमा केन्द्रित रहेको उल्लेख छ।

सभाले प्रस्तुत सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। ​क्यान म्याग्दीका अध्यक्ष युवराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष ज्ञानबहादुर श्रीषले स्वागत मन्तव्य र सचिव बासुदेव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

क्यान म्याग्दीमा संस्थागत ११, व्यक्तिगत ५ जना गरी १६ जना रहेकोमा यस वर्ष संस्थागत ३, व्यक्तिगत ६ गरी ९ जना थप गरी कूल सदस्य संख्या २५ पुऱ्याइएको सचिव बासुदेब घिमिरेले जानकारी दिनुभयो । ​क्यान महासंघको विधानबमोजिम २०७४ फागुन २६ गते विधिवत रूपमा स्थापित क्यान म्याग्दी शाखा हाल आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेशको गरेको छ । ​

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...