लमसुङ माविलाई सहयोग

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा रहेको लमसुङ माध्यमिक विद्यालयलाई विभिन्न दाताहरुबाट आर्थिक तथा जिन्सी सामग्री सहयोग प्राप्त भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर सिंकिजा पुनको नेतृत्वमा दसै तिहार मनाउन जन्मथलो आउनुभएका प्रवासीहरुको स्वागत र सम्मानमा आयोजना भएको कार्यक्रममा उक्त रकम सहयोग जुटेको हो ।

Gunasthariya Shiksya
Shreekrishna

धवलागिरी गाउँपालिका–३ का दलबल रोकाले रु. २० हजार चार सय मूल्य बराबरको आठ सेट जर्सी, दुई थान अफिसियल ड्रेस, एक थान भलिबल र पम्प सहयोग गर्नुभएको छ । विदेशबाट आउनुभएका लमसुङका सेरबहादुर सिंकिजाले पाँच हजार, विशाल खड्काथोकी र क प्रसाद खड्काथोकीले रु. पाँच हजार, लालदेवी गोतामे र तुलबहादुर गोतामेले रु. आठ हजार दुई सय, जिवन सिर्पालीले रु. १५ सय सहयोग गर्नुभएको छ ।

कुमार सिर्पालीले रु. एक हजार पाँच सय, गोविन्द सिर्पालीले रु. एक हजार पाँच सय, भक्तबहादुर मैकुतेले रु. चार हजार एक सय, रसलाल सिर्पालीले रु. एक हजार पाँच सय, सुरेन्द्र गौचनले रु. तीन हजार सहयोग गर्नुभएको छ । विद्यालयले तिहार पर्वको अवसरमा सेवा क्षेत्रका टोलबस्तिमा खेलेको देउसीभैलोबाट रु. एक लाख ४३ हजार आठ सय ५५ नगद संकलन गरेको थियो ।
दाताहरुको सहयोग र देउसीभैलोबाट प्राप्त भएको रकम विद्यालयको शैक्षिक र भौतिक विकास तथा सुधारका कार्यमा परिचालन गरिने प्रअ सेरबहादुर बिकले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...