अक्टोबरमा १३ हजार विदेशी पर्यटकले मुस्ताङ घुमे

Gandaki Ghumau

जोमसोम । सन २०२५ को अक्टोबर महिनामा १३ हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय जोमसोमले उक्त अवधीमा १३ हजार एक सय ८१ जना पर्यटक मुस्ताङ भ्रमण गरेका जनाएको छ । आठ हजार तीन सय ५२ जना सार्क र चार हजार आठ सय २९ जना तेस्रो मुलुकका हुन् ।

सन २०२४ को तुलनामा यस वर्षको अक्टोबरमा मुस्ताङ घुम्न आउने विदेशी पर्यटकको संख्या छ दशमलब शून्य आठ प्रतिशत अथवा आठ सय ५४ जना कम हो । सन २०२४ को अक्टोबरमा १४ हजार ३५ जनाले मुस्ताङ भ्रमण गरेका थिए । अक्टोबरलाई पर्यटकको पिक सिजन मानिन्छ ।

Shreekrishna

जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ को साउन देखि कात्तिक १० गतेसम्म एक लाख ६६ हजार सात सय ४३ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । यो सडक, हवाईमार्गबाट भित्रने स्वदेशी र विदेशी दुवैको भएको प्रहरी नायव उपरीक्षक किप्पा छिरीङ लामाले बताउनुभयो ।

Gunasthariya Shiksya

आर्थिक वर्ष २०८०÷०८१ मा चार लाख ५४ हजार तीन सय २६ र २०८१÷०८२ मा सात लाख पाँच सय सात सय ७९ जना मुस्ताङ आएका थिए । मुस्ताङ भ्रमणमा आउनेमा १८ प्रतिशत सार्क, चार प्रतिशत विदेशी र ७८ प्रतिशत नेपाली रहेका प्रनाउ लामाले बताउनुभयो ।
गतहप्ताका बर्षा र हिमपात अघि दसै र तिहार लगत्तै मुस्ताङमा दैनिक आठ हजार जनाको हाराहारीमा पर्यटक भित्रिएका थिए । मुस्ताङमा रहेका होटलको क्षमता भन्दा बढी संख्यामा पाहुना आउँदा व्यवस्थापनमा समस्या भएको थियो । मुक्तिनाथ मन्दिर, कोरला नाका, लोमान्थाङ, कागबेनी, जोमसोम, ठिनी, ढुम्बाताल, लेते, मार्फा मुस्ताङका मुख्य पर्यटकीय गन्तब्य हुन् ।

थोराङ्लाका साथै बेनी–जोमसोम सडक, पोखरा–जोमसोम हवाई र डोल्पा हुदै पर्यटकहरु मुस्ताङ भ्रमणमा आउँछन् । नाकामा रहेका एक्यापको चेकपोष्टमा पर्यटकको विवरण र तथ्याङ्क राख्ने गरिन्छ ।

ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् ।

सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो ।

कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...