बर्षात र हिमपातपछि पदयात्रा स्थगित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, बर्षात र हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीय स्थलको भ्रमणमा गएका पर्यटकहरु रोकिएका छन् ।

गएरातीदेखि पहाडी क्षेत्रमा बर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । पर्यटकहरु बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो ।

“सडक र पदमार्गहरुमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो “जोखिम हुने भएकाले पर्यटकहरु बास बसेको ठाउँबाट बाहिर निस्कीएका छैनन् ।”

Shreekrishna

मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि बर्षा र हिमपात हुने भएकाले पदयात्रामा नजान सार्वजनिक सुचना जारी गरेकाले सोमबार पर्यटक कम आएका थिए ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मुक्तिनाथ, लोमान्थाङ, चराङ लगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ । म्याग्दीको अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल, घोडेपानी, खोप्रालेक, मोहरेडाडा, कोखेडाडाको भ्रमणमा गएका पर्यटकहरु पनि बर्षातका कारण प्रभावित भएका छन् ।

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा रहेको हुमखोलाका होटल ब्यवसायी तेज गुरुङले बुधबार बिहानैदेखि पदमार्गमा आवत जावत नभएको बताउनुभयो । “अघिपछि दैनिक पाँच सय जना पर्यटक आएकोमा हिजो दुई सय जना जति आएका थिए,” उहाँले भन्नुभयो “बर्षात र हिमपात भएकाले आजको पदयात्रा स्थगित गरेर बसेका छन् ।”

अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर पुनले राती १२ बजेसम्म यातायात ब्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको बताउनुभयो ।

घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले अचानक पानी परेपछि पर्यटकहरुले अचम्म मानेर आजको पदयात्रा स्थिगित गरेर बसेका बताउनुभयो ।

“पुनहिलको भ्यु हेर्न र गन्तब्यतर्फ जाने पर्यटकहरु बिहानै देखि डाइनिङमा ब्रेक फास्ट खाएर कोठामै बसेका छन,” उहाँले भन्नुभयो “चिसोका कारण स्वास्थ्यमा समस्या आउने, हिउँले पदमार्ग ढाकिदा बाटो बिराउने, लडेर दुर्घटना हुने जोखिम भएकाले पदयात्रा स्थगित गर्न अनुरोध गरेका छौ ।”

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...