
बेनी, म्याग्दीमा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग भ्रमणमा कात्तिक १४ गतेसम्मका लागि रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगलबार सार्वजनिक सूचना जारी गरेर कात्तिक १० गतेदेखि १४ गते बेलुुकासम्म अन्नपूूर्ण आधार शिविर जान रोक लगाइएको जनाएको हो ।
प्रमुुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बर्षा र हिमपातका कारण पर्यटकहरु समस्यामा पर्ने र दुर्घटनाको जोखिम हुुने भएकाले नारच्याङ देखि आधार शिविर जोड्ने पदमार्ग भ्रमणमा रोक लगाइएको जानकारी दिनुभयो ।


आधार शिविरमा गएका पर्यटकहरुको सहजिकरणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोली अन्नपूूर्ण गाउँपालिकासँग समन्वय गरेर आधार शिविरतर्फ गएको छ ।
अन्नपूूर्ण गाउँपालिका र प्रशासनले पदयात्रामा रहेका पर्यटकहरुलाई सतर्कता अपनाउन अनुुरोध गर्दै समस्यामा परेमा उद्दारको आवश्यकता परेमा सम्र्पकमा आउन अनुुरोध गरेका छन् । घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाडा, धौलागिरि चक्रीय पदमार्ग, मोहरेडाडाको भ्रमणमा गएका पर्यटकहरुलाई सतर्कता अपनाउन अनुुरोध गरिएको छ । सोमबार रातीदेखिको बर्षासँगै म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।
अन्नपूूर्ण आधार शिविरमा पछिल्लो समय आन्तरिक पर्यटकको लर्को लागेको थियो । सोमबार हुमखोला भएर दुुई सय जना बढी पर्यटकहरु आधार शिविरतर्फ गएका र आधार शिविरबाट फर्किएका तीन सय भन्दा बढीलाई नारच्याङ र भुरुङ तातोपानी झारिएको नारच्याङका वडा अध्यक्ष लोकबहादुर पुनले बताउनुभयो ।

